देउडा फ्युजनकी सुदुरपश्चिकी गायिका लक्ष्मी आचार्यले नयाँ गीत ‘नौली हदेली’ ल्याएकी छन् । उनको यो यो गीत पनि देउडा फ्युजनमै रहेको छ ।
यसअघि उनले ल्याएको देउडा फ्युजन गीत ‘भन साली’ दर्शकले अत्याधिक रुचाएका थिए । टिपिकल गीतबाट राष्ट्रिय परिचय समेत बन्न गाह्रो भएको समयमा अन्तराष्ट्रिय चर्चाका लागि आफूले देउडा फ्युजनमा बनाएको गायिका आचार्य बताउँछिन् ।
‘हिजोको दिनमा देउडा नसुन्ने पूर्वमा पनि फ्युजनका कारणले सुन्न थालेका छन् । गायिका आचार्य भन्छिन् ‘देउडा गीत, लय सबैमाझ पुर्याउने हिसाबले फ्युजन थालेकी हुँ ।’
विगत १४ वर्षदेखि गायनमा सक्रिय उनले ‘नौली हदेली’ गीत नेपाल आइडलबाट चिनिएका गायक प्रदाप दाससँगको सहकार्यमा गाएकी छन् । गायक प्रतापको देउडा गीत यो नै पहिलो हो । ‘म सुदुरपश्चिममा कार्यक्रम गइरहन्थे र देउडा गीत अहिलेसम्म गाएको थिइन’, दासले भने ‘यो गीतले मलाई सुदुरपश्चिमसँग नजिक गराएको छ ।’
‘नौली हदेली’ गीतमा माया प्रेममा रहेका साली भेनाको कथा समेटिएको छ । विवाह गर्छु भनेर वचन दिएर अर्कोसँग सम्बन्ध बनाउने भेनालाई केही वर्षपछि भेट हुँदा साली गर्ने प्रश्न र भेनाले दिने जवाफ गीतमा छ ।
गीतको शब्द तथा संगीत गायिका आचार्यकै हो, भने एरेन्ज देवेश राइले गरेका हुन् । गीतको भिडियोमा अभिषेक खड्का र मिस पविको अभिनय छ । भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । गीत गायिका आचार्यले आफ्नै अफिसियल युट्युब च्यानल लक्ष्मी आचार्यबाट ल्याएकी हुन् ।