Successfully Copied

मादा (चामलको रोटी)

तावा तताएर थोरै तेल वा घिउ हाली उक्त मिक्सर खन्याउने । पातलो गरी १ लेयर राख्ने र गोल्डेन ब्राउन भएपछि घिउ हालेर पुन: अर्काे लेयर राख्ने । त्यसलाई पल्टाउने अनि फेरि घिउ हाल्ने । यसको ४ वटा सम्म लेयर बनाउन सकिन्छ । यो

सामग्री : चामलको पिठो २ सय ५० ग्राम, चिनी १ चिया चम्चा, घिउ १ चम्चा, नुन स्वादअनुसार ।

विधि : पिठो, चिनी, घिउ तथा नुनमा पानी हालेर मिक्सर बनाउने । तावा तताएर थोरै तेल वा घिउ हाली उक्त मिक्सर खन्याउने । पातलो गरी १ लेयर राख्ने र गोल्डेन ब्राउन भएपछि घिउ हालेर पुन: अर्काे लेयर राख्ने । त्यसलाई पल्टाउने अनि फेरि घिउ हाल्ने । यसको ४ वटा सम्म लेयर बनाउन सकिन्छ । यो मादा गोलभेंडाको अचारसँग खान सकिन्छ ।

डोटेली सेकुवा

सामग्री : बोनलेस चिकेन २ सय ५० ग्राम, अदुवा र लसुनको पेस्ट २ चम्चा, हरियो खुर्सानीको पेस्ट १ चम्चा, तोरीको भुटेको तेल २ चम्चा, आयो नुन तथा बिरेनुन स्वादअनुसार, टिम्मुर थोरै ।

विधि : कुखुराको मासुमा सबै मरमसला मोलेर २ घन्टा राख्ने । त्यसपछि तावामा खैरो हुन्जेल सेक्ने । डोटेली सेकुवा पुदिना, हरियो धनियाँ, खुर्सानी, अदुवा र लसुनको पेस्ट, चाट मसला, कागती, दही आदिलाई मिक्सरमा पिसी तयार पारिएको अचारसँग खान सकिन्छ ।

 

कर्न चिल्ली

सामग्री : स्वीट कर्न ३ सय ग्राम, मैदा २ चम्चा, कर्नफ्लोर १ चम्चा, सुजी २ चम्चा, मसिनो काटेको अदुवा र लसुन ५ ग्राम, धनियाँ, नुन–मरिचको धूलो तथा हट गार्लिक सस ।

विधि : सबै मरमसला तथा स्वीट कर्नलाई कर्नफ्लोर र मैदामा मिक्स गरी गोलो–डल्लो आकार दिने अनि डिप फ्राई गर्ने । ससका लागि तावामा तेल हालेर चप गार्लिक, मरिच, नुन, टिम्मुर पाउडर, टोमाटो केचप, सोयासस तथा भेनिगरलाई एकसाथ पकाउने । यसरी तयार हट ससमा डिप फ्राई गरिराखिएको कर्न मिक्स गर्ने र अन्त्यमा हरियो प्याजले गार्नेस गर्ने ।

                                 - डुप्का फेमिली रेस्टुरेन्ट, सूर्यविक्रम मार्ग, बानेश्वर

 Image