Successfully Copied

साथीजस्तै गरी तीज मनाउँछौं

कलाकार सिद्धान्तराम जोशीकी छोरी विपुला दाइको विवाह हुँदा जम्मा १२ वर्षकी थिइन् । दाइले विवाह गरेर भाउजू घरमा ल्याएपछि निकै फुरुङ्ग भएको सम्झना उनलाई अझै छ । भाउजूले मैयाँ भनेर सम्बोधन गर्दा उनलाई सारै रमाइलो लाग्थ्यो । यद्यपि दाजुको सरकारी काम काठमाडौं बाहिर

                        विपुला जोशी खनाल, नन्द

                       नीता बाँस्कोटा जोशी, भाउजू

कलाकार सिद्धान्तराम जोशीकी छोरी विपुला दाइको विवाह हुँदा जम्मा १२ वर्षकी थिइन् । दाइले विवाह गरेर भाउजू घरमा ल्याएपछि निकै फुरुङ्ग भएको सम्झना उनलाई अझै छ । भाउजूले मैयाँ भनेर सम्बोधन गर्दा उनलाई सारै रमाइलो लाग्थ्यो । यद्यपि दाजुको सरकारी काम काठमाडौं बाहिर भएकाले भाउजू दाइसँगै जिल्लातिर लागेपछि विपुला खिसिक्क भइन् । विवाहपछिको पहिलो तीज भाउजू नीतालाई अझै सम्झना छ । तीजको दिन नन्द विपुलासँग दिनभरि नाचगान गरी व्रत बसेको कुरा उनी कहिल्यै बिर्सन्नन् ।

काठमाडौंबाहिर भए पनि सकेसम्म सँगै तीज मनाउन चाहने यी नन्द–भाउजूले सँगै तीज मनाउन थालेको भने १२ वर्ष मात्र भयो । उनीहरू सँगै दर खाने, पूजा गर्ने, मठमन्दिर जाने काम गर्छन् । विपुलाकी आमा अर्थात् नीताकी सासूले बिहानै सबैको बत्ती बालिदिने भएकाले नीता दिउँसो सादा पानी तथा चिया खान्छिन् । नीता निराहार व्रत भने बस्न सक्दिनन्, उनी शरीरले नसक्ने गरी भोकै बस्न सके भगवान् खुसी हुन्छन् भन्ने कुरामा पनि विश्वास गर्दिनन् । तीजका दिन अरू दिदीबहिनीहरू पनि जम्मा भएर सँगै नाचगान गरी रमाउने जोशी परिवारकै सबैकी प्यारी भाउजू हुन्–नीता । व्रतको एक दिनअघि घरमै दर खाने नीता, नन्द–आमाजूहरूका लागि चोखो शाकाहारी परिकार बनाउँछिन् । उमेर ग्याप भए पनि विपुला र नीता साथीजस्तै गरी तीज मनाउँछन् । तीजका लागि पहिले चुरा, पोते र टीका साटासाट गरिन्थ्यो तर अहिले उपहार पनि लिने–दिने चलन छ ।

तीजको भोलिपल्ट भाउजूको जन्मदिन भएकाले नीताका लागि सबै दिदीबहिनी, नन्द, आमाजु, सबैले उपहार प्रदान गर्छन् । नन्द र भाउजूको स्वभाव भने ठ्याक्कै उल्टो छ । विपुला टमब्वाइजस्ती छिन् उनलाई भारी पहिरन तथा गरगहनामा त्यति रुचि छैन तर नीता गहना, लुगा तथा मेकअप आदि टक्क मिलाएर हिँड्न रुचाउँछिन् । भाउजूले गाली गर्दागर्दा अहिले भने विपुला पनि केही हदसम्म आफूलाई ग्रुमिङ गर्नुपर्छ भन्ने सोचमा पुगेकी छिन् । नीता पूर्वकी छोरी विवाहपछि कुमाइ भइन् भने विपुला कुमाइकी छोरी विवाहपछि पूर्वेली भइन् । त्यसैले पनि उनीहरूबीच एक–प्रकारको सुमधुरता छ । दुई नन्द भए पनि ठूली नन्द अमेरिकामा भएकीले नीताको सँगै चाडपर्व मनाउने नन्द विपुला मात्र हुन् । तीज भनेकै नातागोतासँगै बसेर माया–प्रेम साटासाट गर्ने पर्व हो भन्ने यी नन्द–भाउजू यसपटकको तीजमा कम्मर भाँचेर सँगै नाच्न अहिलेदेखि नै आतुर छन् ।

 Image