Successfully Copied

को हुने हो हिट सारा र पूजा

धेरै नायिका आउने–जाने क्रम चलि रहेको नेपाली चलचित्रमा दुई नायिका पूजा र सारा अहिले चर्चामा छन् । चलचित्र सुश्री सम्पत्ति तथा राम कहानीको प्रमोसनमा व्यस्त पूजा र साराले सँगै चलचित्रमा काम नगरे पनि नारीको कभर फोटोसुटका लागि उनीहरूसँगै भए ।

धेरै नायिका आउने–जाने क्रम चलि रहेको नेपाली चलचित्रमा दुई नायिका पूजा र सारा अहिले चर्चामा छन् । चलचित्र सुश्री सम्पत्ति तथा राम कहानीको प्रमोसनमा व्यस्त पूजा र साराले सँगै चलचित्रमा काम नगरे पनि नारीको कभर फोटोसुटका लागि उनीहरूसँगै भए । यी दुवै नायिकामा आ–आफ्नो चलचित्रको पब्लिक रियाक्सन कस्तो होला भन्ने उत्सुकता देखिन्थ्यो ।

प्रेम गीतबाट डेब्यु गरेकी पूजा रामकहानीकी निर्मातृ समेत हुन् । सानैदेखि होस्टेल बसेकी पूजा स्ट्रेट फरवाड नायिकाका रूपमा परिचित छिन् । आफूलाई कोही मान्छे मन परेन भने जीवनभरिलाई पुग्छ, पूजा भन्छिन्–मलाई सही कुरा बोल्न कसैसँग डर लाग्दैन । उनका अनुसार चलचित्रमा केही नयाँपन दिनुपर्छ भन्ने सोच नै रामकहानी निर्माणको उद्देश्य हो ।

त्यस्तै चलचित्र रुद्रमार्फत डेब्यु गरेकी नायिका सारा सिरपाइली मिस टिनमा भाग लिएपछि मोडलिङ हुँदै चलचित्रमा आएकी हुन् । नायक निखिल उप्रेतीसँग चलचित्र रुद्रमा पहिलो पटक काम गरेकी सारालाई निखिलकै पिंजडा ब्याक अगेनमा समेत काम गरेको अनुभव छ । उनको तेस्रो चलचित्र सुश्री सम्पत्ति प्रदर्शनको क्रममा छ । सारा उक्त चलचित्रपछि आफ्नो करियरले थप गति लिने आशामा छिन् । नम्र र जोसँग पनि घुलमिल भैहाल्ने सारा चलचित्रमा आफ्नो छुट्टै पहिचान बनाउने धुनमा छिन् । पूजा र साराको सफलता उनीहरूकै यी दुई चलचित्रमा निर्भर छ ।

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

पहिरन : शुभेच्छा भँडेल, क्रसरोड एपेरियल, लाजिम्पाट

मेकअप : सुमन लामा

गहना : गोर्खा ज्वेलर्स, न्यूरोड

लोकेसन : रानीबारी, लाजिम्पाट

 Image