Successfully Copied

सेकमा दूधको उपयोग

आयुर्वेदका अनुसार दूधका साथ केरा, नरिवल, ओखर, अनार, कटहर तथा अमला प्रयोग गर्नुहुँदैन । आयुर्वेदमा यसलाई विपरीत आहारका रूपमा लिइएको छ । यसको सेवनले मूर्छा, पेटमा पानी भरिने, रगतको कमी, शरीर दुब्लो हुने, ज्वरो, नपुंसकता, अन्धोपन आदि समस्या देखा पर्नसक्छन् ।

सेकमा दूधको उपयोग

पूर्वधारणा : लाभदायक हुन्छ ।

विशेषज्ञहरूको सल्लाह: आयुर्वेदका अनुसार दूधका साथ केरा, नरिवल, ओखर, अनार, कटहर तथा अमला प्रयोग गर्नुहुँदैन । आयुर्वेदमा यसलाई विपरीत आहारका रूपमा लिइएको छ । यसको सेवनले मूर्छा, पेटमा पानी भरिने, रगतको कमी, शरीर दुब्लो हुने, ज्वरो, नपुंसकता, अन्धोपन आदि समस्या देखा पर्नसक्छन् ।

बटर

पूर्वधारणा : मक्खन नोक्सानदायक हुन्छ । त्यसैले मक्खन खानुहुँदैन । यसको साटो कम चिल्लो खानेकुरा खानुपर्छ ।

नयाँ सल्लाह : कम मात्रामा मख्खन खानु फाइदाजनक हुन्छ । कम मात्रामा डेरी फ्याटले कोलस्ट्रोलको मात्रा बढाउँदैन ।

कति खाने : थोरै ।

अण्डा

पूर्वधारणा : अण्डामा प्रशस्त कोलस्ट्रोल हुन्छ ।

नयाँ सल्लाह : अण्डा स्वास्थ्यका लागि राम्रो हो । डाइटरी कोलस्ट्रोलले रगतमा कोलस्ट्रोलको मात्रा बढाउँदैन । यसमा न्युट्रियन्ट तथा भिटामिन हुन्छ ।

कति खाने : हप्तामा ३–४ पटक ।

दूध

पूर्वधारणा : दूध सधंै तररहित सेवन गर्नुपर्छ ।

नयाँ सल्लाह : पूर्ण चिल्लो दूधमा हेल्दी फ्याट हुन्छ जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

ब्रेड

पूर्वधारणा : स्वास्थ्यका लागि ब्रेड राम्रो हो ।

नयाँ सल्लाह : होलग्रेन ब्रेड राम्रो हो । मैदाको ब्रेड नोक्सानदायक हुन्छ । सधै लेबल तथा बनेको मिति हेरेर ब्रेड किन्नुपर्छ ।

ओलिभ आयल

पूर्वधारणा : ओलिभ आयल स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ ।

नयाँ सल्लाह : ओलिभ आयल सलादमा राख्नु ठीक हो तर यसलाई फ्राई गर्न प्रयोग गरियो भने यो कार्सिजोनिक हुन्छ । फ्राइका लागि सनफ्लवारको तेल उपयोगी हुन्छ ।

कति लिने : दिनभर १ ठूलो चम्चा सलादसँग खान सकिन्छ ।

फ्रुट जुस

पूर्वधारणा : फलफूलको रस स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ ।

नयाँ सल्लाह : क्यानमा राखिएका फलफूलको रसमा चिनीको मात्रा बढी हुन्छ । यसमा कृत्रिम रंग तथा स्वादिलो बनाउने कुरा राखिएको हुन्छ । कतिपय फ्रुट जुसमा सफ्ट ड्रिंक्स तथा चिनीसमेत मिसाइन्छ ।

कति खाने : डब्बा बन्द जुस खानुहुँदैन । ताजा फलको रस आफैं निकालेर खानुपर्छ ।

कार्बोहाइड्रेड

पूर्वधारणा : दिनभरको खानामा ५० प्रतिशत कार्बोहाइड्रेड समावेश गर्नुपर्छ ।

नयाँ सल्लाह : सेतो कार्बोहाइड्रेडभन्दा ब्राउन कार्बोहाइड्रेड उपयुक्त हुन्छ । अन्नका रूपमा कार्बोहाइड्रेड लिनुपर्छ । सेतो स्पागेटी, ब्रेड, चामल आदि नमिल्ने खाना हुन् ।

कति खाने : गहुँको च्याख्लामा कार्बोहाइड्रेड हुन्छ । यो दिनभरको खानामा ५० प्रतिशत समावेश हुनुपर्छ ।

दही

पूर्वधारणा : दही सधंै सेवन गर्नुपर्छ तर चिल्लोरहित दही सेवन गर्नु उपयुक्त हुन्छ ।

नयाँ सल्लाह : चिल्लो दही राम्रो हो । यसले मधुमेह तथा मुटु रोगको खतरा पनि कम हुन्छ । यस्तो दहीले वजन घटाउन सहयोग गर्छ ।

कति खाने : नियमित रूपमा चिल्लो दही सेवन गर्ने ।

डार्क चकलेट

पूर्वधारणा : चकलेट स्वास्थ्यका लागि उपयुक्त हुँदैन ।

नयाँ सल्लाह : डार्क चकलेट मुटुका लागि फाइदाजनक हुन्छ । ताजा शोधका अनुसार डार्क चकलेट कम मात्रा खाए रक्तचाप पनि कम हुन्छ तर मिल्क चकलेट खानुहँुदैन । किनभने यसमा चिल्लो तथा चिनीको मात्रा बढी हुन्छ ।

कति लिने : दिनभरमा २ टुक्रा डार्क चकलेट खानु उपयुक्त हुन्छ ।

सुपर फुड

पूर्वधारणा : सुपर फुड जस्तो कुनै चीज छैन ।

नयाँ सल्लाह : केही खास खानेकुरा जस्तो फल तथा सागपात पोषणले भरिपूर्ण हुन्छन् । पालुंगो तथा चुकन्दर आदि तरकारीमा भिटामिन तथा माइक्रो न्युट्रिएन्टको मात्रा प्रशस्त हुन्छ ।

कति खाने : जति इच्छा हुन्छ त्यति ।

खानापछि पानी तथा मिठाईं

पूर्वधारणा : कुनै नोक्सानी छैन ।

विशेषज्ञहरूको सल्लाह : आयुर्वेदका अनुसार खाना खानुअघि पानी पिए शरीर पातलो हुन्छ । खानापछि पानी पिए शरीर मोटो हुन्छ । खानाका साथमा थोरै–थोरै पानी पिउनु उचित हुन्छ । यसैगरी खाना खाने बेला गुलियो कुरा पहिले त्यसपछि अमिलो तथा नुनिलो र अन्त्यमा पिरो कुरा खानुपर्छ । यसो गर्दा भोजन राम्रोसँग पच्छ । खानाको सुरुमा फल, बीचमा पेय पदार्थ त्यसपछि खानेकुरा खानु उचित हुन्छ ।

दूधका साथमा नुनिलो

पूर्वधारणा : खान मिल्छ ।

विशेषज्ञहरूको सल्लाह : आयुर्वेदमा दूधका साथमा नुनको सेवन निषेध छ । निम्की, बिस्कुट, भुजिया तथा अन्य नुनिला खानेकुरा दूधका साथमा खानुहुँदैन । धेरै नुनिलो खानेकुराको निर्माणमा क्षार तथा सोडा प्रयोग गरिएको हुन्छ जुन आँखा तथा केशका लागि हानिकारक हुन्छ ।

मह–पानी सेवन

पूर्वधारणा : लाभदायक हुन्छ ।

विशेषज्ञहरूको सल्लाह : मह तातोपानीमा मिसाएर पिए रोगलाई निमन्त्रण दिएसरह हुन्छ । महलाई तातोपानी वा तातो कुरामा मिसाउनु आहारका विरुद्ध हो । ताजा पानीमा पुरानो मह मिसाउँदा मोटोपन कम गर्न सहयोग मिल्छ ।

 Image