Successfully Copied

लुनिभासँग छोटो कुरा

पात्रहरूलाई आफ्नै ठाउँ पराइ भएपछिको कथा यो नाटकमा हेर्न पाइन्छ । अहिले विश्वभरिका मानिसहरू शरणार्थी भैरहेका छन् । यो नाटक उनीहरूकै जीवन भोगाइको कथा हो । यो नाटक चलचित्रजस्तै छ । नाटकमा गीत, द्वन्द्व आदि सबै कुरा छन् ।

तपाईंले निर्देशन गरेको नाटक कोराका बारेमा केही बताइदिनुस् न ?

नाटक कोरा तिब्बती कवि तेञ्जिङ सुन्डुको कविता संग्रह कोरामा समाविष्ट चारवटा कविताको नाट्य रूपान्तरण हो । पात्रहरूलाई आफ्नै ठाउँ पराइ भएपछिको कथा यो नाटकमा हेर्न पाइन्छ । अहिले विश्वभरिका मानिसहरू शरणार्थी भैरहेका छन् । यो नाटक उनीहरूकै जीवन भोगाइको कथा हो । यो नाटक चलचित्रजस्तै छ । नाटकमा गीत, द्वन्द्व आदि सबै कुरा छन् ।

रंगमञ्चमा कसरी रुचि जाग्यो ?

मलाई सानैदेखि बलिउडका चलचित्र मन पर्थे । मलाई माधुरीजस्तै छे भनेर कमेन्ट पनि गर्थे । प्लस टुका विद्यार्थीहरूका लागि गरिने स्वागत कार्यक्रममा मैले एकल प्रस्तुति दिएकी थिएँ । त्यसपछि नाटकहरूबाट अफर आउन थाले ।

तपाईंले अभिनय गरेको पहिलो नाटक कुन हो ?

डा.अभि सुवेदीको आरू फूलका सपनाको अंग्रेजी संस्करण हो । त्यो नाटक ग्रिक थिएटरको फर्ममा थियो ।

अहिलेसम्म कतिवटा नाटकमा अभिनय गर्नुभयो ?

बीसजति कटे होलान् ।

टेलिभिजन प्रस्तोता, रंगमञ्च र चलचित्रमध्ये एउटा रोज्नुपर्‍यो भने ?

म रंगमञ्च नै रोज्छु । किनभने यसमा मीठो खालको दु:ख छ । दर्शक र हामीबीच कुनै दूरी हुँदैन । तत्काल रिजल्ट आइहाल्छ ।

 Image