Successfully Copied

वाटरप्रुफ सौन्दर्य प्रसाधनका असर

सिलिकन मिसावट भएका वाटरप्रुफ सौन्दर्य प्रसाधनबाट टाढै रहनुपर्छ । जनावरको बोसो, विविध तरकारीयुक्त बीउबाट निकालिने तेल मिसाइएका सौन्दर्य प्रसाधनले छालाको छिद्र बन्द गरी मिनरल पास हुने बाटो छेकिदिन्छन् । जसका कारण स्किन एलर्जी हुने, चिरा पर्ने, फुट्ने वा बिबिरा आउने आदि समस्या देखापर्न

वाटरप्रुफअघि वाटर रेसिस्टेन्ट प्रयोग गर्नुपर्छ । वाटरपु्रफ सौन्दर्य प्रसाधन बाक्ला हुने भएकाले वाटर रेसिस्टेन्सले उचित सतह तय गर्न सहयोग पुर्‍याउँछ ।

सिलिकन मिसावट भएका वाटरप्रुफ सौन्दर्य प्रसाधनबाट टाढै रहनुपर्छ । जनावरको बोसो, विविध तरकारीयुक्त बीउबाट निकालिने तेल मिसाइएका सौन्दर्य प्रसाधनले छालाको छिद्र बन्द गरी मिनरल पास हुने बाटो छेकिदिन्छन् । जसका कारण स्किन एलर्जी हुने, चिरा पर्ने, फुट्ने वा बिबिरा आउने आदि समस्या देखापर्न सक्छ ।

यदि वाटरप्रुफ सौन्दर्य प्रसाधन प्रयोग गर्दै हुनुहुन्छ भने उचित खालको मेकअप रिमुभरमा पनि पैसा खर्चिनुपर्छ ।

–हरेक दिन वाटरप्रुफ सौन्दर्य प्रसाधन प्रयोग गर्नु हुँदैन ।

–वाटरपु्रफ सौन्दर्य प्रसाधन लगाउनुअघि वाटरप्रुफ स्प्रे प्रयोग गर्नुपर्छ ।

के–के पर्छन् वाटरप्रुफ सौन्दर्य प्रसाधनमा ?

–वाटरप्रुफ पाउडर, कम्प्याक्ट, आइस्याडो, आइलाइनर पेन्सिल, वाटरप्रुफ लिपिस्टिक, वाटर रेसिस्टेन्ट

ब्लसर, वाटरप्रुफ आइकलर बेस, वाटरप्रुफलिक्विड आइलाइनर, वाटरप्रुफ मस्कारा, आइलाइनर लिक्विड फाउन्डेसन, अन्डर आइ फुल कभरेज कन्सिलर आदि ।  

                                                                                      - ल्याक्मे, नेपाल

 Image