रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।

फूल सजाउँदा पानीमा डुबेको डाँठको भागमा पात हुनु हुँदैन । पानीमा डुबेको पात चाँडै कुहिन्छ र त्यसबाट हानिकारक ब्याक्टेरिया उत्पन्न हुन्छ, जसले गर्दा फूल ओइलाउनुका साथै डाँठ पनि कुहिन्छ ।
फ्लावर फुड धेरै भए फूल अनाकर्षक देखिनुका साथै पानी दूषित भएर डाँठ कुहिन सक्छ । हरेक पटक पानी फेर्दा डाँठको फेद आधा इन्चजति काट्नुपर्छ, जसले गर्दा डाँठले राम्रोसँग पानी सोस्न सक्छ ।
ओइलाउन लागेका तथा कुहिएका फूल जति सक्दो चाँडो हटाउनुपर्छ । हरेकपटक पानी फेर्दा फ्लावर फुड हाल्नुपर्छ ।
फूलका डाँठ फूलदानीको पिँधमा छुनु हुँदैन । त्यसो भयो भने डाँठले राम्रोसँग पानी सोस्न सक्दैन र फूल चाँडै ओइलाउँछ । यदि फूलको डाँठ कुहिएर फूलदानीको पानी गन्हाएको छ भने फूलको डाँठका साथै फूलदानी पनि राम्रोसँग सफा गर्नुपर्छ ।
सीधा घाम पर्ने ठाउँ, झ्यालको छेउ, अँध्यारो, फ्रिज, चुलो, रेडिएटर, एसीजस्ता बढी तातो तथा बढी हावा फाल्ने ठाउँमा सजावटी ताजा फूल राख्नु हुँदैन ।