‘अमेरिकामा पनि सहज छैन म्युजिक करिअर’
नेपाली मूलका आमाबुवाबाट अमेरिकामा जन्मिएकी हुन्, प्रकृति देउजा । सानै उमेरदेखि संगीतमा रुचि राख्ने २५ वर्षीया प्रकृति अहिले संगीतमै सक्रिय छिन् । उनले अमेरिकामा थुप्रै स्टेज शो गरिसकेकी छन् ।
गायिका रितु कँडेलको तीज गीत सार्वजनिक भएको छ । आफ्नै शब्दमा सार्वजनिक रितुको ‘विदेशी भूमी’ बोलको तीज गीतमा अर्जुन सुनामले संगीत भरेका छन् ।
गीत म्यूजिक भिडियोमा स्वयंले निर्देशन गरेकी हुन् भने समिर थोकरले नृत्य निर्देशन गरेका छन् । भिडियोमा मोडेल रिचा थापाको दमदार अभिनय देख्न सकिन्छ । जनता फिल्मसको प्रस्तुति रहेको तीज गीतलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।
विदेशी भूमीमाको म्यूजिक भिडियो :