Successfully Copied

साउने सोमबार कत्तिको लाग्छ ?

सोमबार एकदिन भए पनि व्रत बस्दा स्वास्थ्य पनि राम्रो हुने उनको धारणा छ । सरिताकी ९ वर्षीया छोरीलाई अझ बढी साउने सोमबार लाग्छ । उनकी छोरी पनि साउन महिनाभरि माछा–मासु खाँदिनन् । आमा भएपछि संस्कृति तथा संस्कारहरू आफ्ना सन्तानलाई पनि सिकाउनुपर्छ भनेर सरिता

हामी जति आधुनिकतातर्फ जति बढे पनि हाम्रो संस्कृति एवं सामाजिक रीतिलाई भने चटक्कै बिर्सन सक्दैनौं । त्यसमा पनि हिन्दू महिलाहरूमाझ साउने सोमबार तथा तीजको व्रतको महिनाको महत्व विशेष छ । जति व्यस्त भए पनि सेलिब्रेटीहरू पनि यी चाडपर्वमा रमाउँछन् । साउन महिनासँगै विवाहित महिलाहरू शिवजीको आराधना गरी सोमबारको व्रत बस्छन् । रंगकर्मी सरिता गिरीलाई साउनको प्रत्येक सोमबार हरियो पहिरन वा एसेसरिजमा भए पनि हरियो मिक्स गर्न मन लाग्छ । उनले पहिलेदेखि नै साउन महिनाभरि चोखो खाँदै आएकी छिन् । कामको व्यस्तताका कारण व्रत नै नबसे पनि माछा, मासु, अण्डा आदि भने खाँदिनन् । गिरीका अनुसार साउन महिनामा वर्षा–झरीका कारणं कीटाणुको संक्रमण हुने हुँदा लुतो फाल्ने काम पनि गरिन्छ ।

साउन महिनामा बढी रोग लाग्ने सम्भावना भएकाले मासु, लसुन तथा उत्तेजित हुने खाना नखानु भन्ने भएकाले चोखो मात्र खान्छु । केही वर्षयतादेखि साउन महिनालाई फेसनसँग पनि जोडेर हेर्न थालिएकोमा सरिता भन्छिन्–मनसुन लाग्यो, अब चाडपर्व नजिकिँदै छन् भन्ने सन्देशका साथ हरियो–पहेंलो लगाउने हो । सरिता साउनका प्रत्येक सोमबार बिहान मन्दिर जान्छिन् । त्यसबाट दिनभरि राम्रो अनुभूति हुने उनको अनुभव छ । सरिताका अनुसार जताततै हरियो–परियो देखिने र नयाँ पालुवा पनि पलाउने हुँदा शिवजीलाई मनपर्ने हरियो पहिरन लगाएर हिँड्नु त ठीक हो तर सामाजिक सञ्जालमा छाउन वा देखावटीका लागि मात्र फेसन गर्नु गलत हो ।

संचारकर्मी सरिता ज्ञवालीलाई साउने सोमबार रमाइलो लाग्छ । एक त वर्षाका कारण मौसम पनि सफा हुन्छ अनि अर्कातिर चारैतिर हरियाली हुने भएकाले ज्ञवाली फ्रेस पनि हुन्छिन् । सोमबार एकदिन भए पनि व्रत बस्दा स्वास्थ्य पनि राम्रो हुने उनको धारणा छ । सरिताकी ९ वर्षीया छोरीलाई अझ बढी साउने सोमबार लाग्छ । उनकी छोरी पनि साउन महिनाभरि माछा–मासु खाँदिनन् । आमा भएपछि संस्कृति तथा संस्कारहरू आफ्ना सन्तानलाई पनि सिकाउनुपर्छ भनेर सरिता साउने सोमबारलगायत तीज, दसैं सबै नियमपूर्वक मनाउन खोज्छिन् । सरितालाई समाजले गरेको कामको फलो गर्न मन लाग्छ । त्यसैले उनी साउनको सोमबार सकभर आममहिलाहरूले जस्तै हरियो पहिरन, चुरा, पोते, टीका लगाएर हिँड्न चाहन्छिन् । हरियो मौसम तथा हरियो पहिरनले पोजिटिभ इनर्जीसमेत प्राप्त हुने उनको धारणा छ । हातमा मेहन्दी लगाई सोर्‍ह शृंगार गर्दाको रमाइलो नै अर्काे हुन्छ भन्दै ज्ञवाली भन्छिन्–वरिपरिको मौसमका कारण पनि समय सापेक्षजस्तो लाग्छ, साउने सोमबारको व्रत र पहिरन ।

गायिका रमिला न्यौपानेलाई पनि साउने सोमबार लाग्छ । उनमा शिवजीप्रति निकै आस्था छ । त्यसैले शिवजीलाई मनपर्ने मौसम र सोमबार मनपर्ने दिन भन्ने सुन्दै आएकी रमिला साउन महिनाभरि चोखो मात्र खान्छिन् अनि सोमबारका दिन व्रत बस्छिन् । उनी बिहानै शिव मन्दिर पुगेर पूजाआजा गर्छिन् । साउनभरि उनको हातमा मेहन्दी हुन्छ साथमा हरिया चुरा, टीका, पोते लगाएर हरिया तथा पहेंला पहिरनमा सजिन्छिन् । यसबाट आफूमा ऊर्जा र जोस बढ्ने उनको अनुभव छ ।

गायिका लसता जोशी अहिले मुम्बईमा कार्यरत छिन् । उनलाई सानैदेखि धर्म, ध्यान आदिमा रुचि थियो । त्यसैले उनी अरु चाडजस्तै साउने सोमबारमा पनि उत्तिकै रमाउँछिन् । साउनका हरेक सोमबार उनी शिवजीको व्रत बस्छिन्, आफ्नी छोरीको दीर्घायु एवं सफलताका लागि पूजा–आराधना गर्छिन् । जोशी साउनभरि नै पहिरन, जुत्ता, टीका, चुरा, ब्यागमध्ये कुनै न कुनैमा हरियो रंग प्रयोग गर्छिन् । सोमबार त सकभर हरियो कम्बिनेसनमै हिँड्न रुचाउँछिन् । यसरी महिनाभरि गरिने शिवजीको पूजा–आराधनाले वर्षभरि जिउन ऊर्जा मिल्ने जोशीले बताइन् । प्रकृतिको कलरसँग आफू पनि समाहित भएर हिँड्दा सकारात्मक भावना बढ्ने जोशीको विश्वास छ ।

नायिका तथा भिजे रिता कट्टेललाई साउन महिना नै विशेष लाग्छ । आकाश पनि सफा, पानी परेर बाटो भिजेको अनि जताततै हरियो मौसमले रितालाई निकै आकर्षित गर्छ । त्यसमा पनि उनी साउनलाई भगवान् शिवको आराधना, व्रत तथा चोखो मात्र खाने महिनाका रूपमा लिन्छिन् । साउने सोमबार विद्याका लागि पनि मानिन्छ । महिलालाई राम्रो वर, व्यापारीलाई राम्रो व्यापार, किसानलाई राम्रो खेतीपाती गराइदिने शिवको महत्व हरेक क्षेत्रमा छ । त्यसैले पनि रितालाई साउने सोमबार विशेष लाग्छ । कतिपयले सतीलाई प्रकृतिका रूपमा लिएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको हुनसक्ने उनको धारणा छ । रिता अरूले जस्तै साउने सोमबारको दिन चोखो खाँदै, हरिया, पहेंला पहिरनहरू लगाउँछिन् । उनी यसलाई फेसनभन्दा सांस्कृतिक रूपमा मनाउनुपर्ने चाड मान्छिन् ।

 Image