Successfully Copied

वर्षामा छालाको समस्या

ओसिलो मौसम हुने भएकाले नाइलनको मोजा तथा क्लोज सुज लगाउँदा कतिपयको खुट्टामा इन्फेक्सन हुन्छ । वर्षामा पसिना बढी आउने (हाइपर हाइड्रोसिस) भएकाले शरीर गन्हाउँछ भने त्यसबाट नराम्रो सोचका साथै मुटुको धड्कन पनि बढ्छ ।

-    वर्षामा ओसका कारण छालामा विभिन्न समस्या देखापर्छन् । तापमानको ओसका कारण रोगका जीवाणु मौलाउँछन् ।

- वर्षामा छाला चिलाउनुका साथै एलर्जी समेत हुनसक्छ । छालामा रातो धब्बा, फुस्रो दाग तथा घमौरा पनि देखिन्छन् ।

- बढ्दो तापक्रमले गर्दा वर्षामा डन्डिफोर एवं एक्नेको समस्या पनि बढी नै देखिन्छ ।

-    ओसिलो मौसम हुने भएकाले नाइलनको मोजा तथा क्लोज सुज लगाउँदा कतिपयको खुट्टामा इन्फेक्सन हुन्छ ।

-    वर्षामा पसिना बढी आउने (हाइपर हाइड्रोसिस) भएकाले शरीर गन्हाउँछ भने त्यसबाट नराम्रो सोचका साथै मुटुको धड्कन पनि बढ्छ ।

-    यी समस्याबाट जोगिन सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

-    अनुहारमा फेसवास प्रयोग गर्नुपर्छ । पानी पर्याप्त मात्रामा पिउनुपर्छ ।

-    डन्डिफोर तथा एक्नेको समस्या हुनेहरूले मसालेदार खानेकुरा तथा डेरी प्रोडक्ट कम खानुपर्छ ।

-    हातखुट्टा राम्रोसँग सफा गर्नुपर्छ । फोल्ड हुने भाग जस्तो अन्डर आर्म, अन्डर थाइको सफाइ राम्रोसँग गर्नुपर्छ ।

-    क्लोज भन्दा पनि स्लिपर तथा ओपन खालका जुत्ता लगाउनुपर्छ ।

- फंगल इन्फेक्सनले छाला चिलाउने तथा पोल्ने हुँदा वा रातो घेरा देखा पर्दा डर्माटोलोजिस्टको सल्लाह लिनु उपयुक्त हुन्छ ।

                                        -डर्मेटोलोजिस्ट, डर्मापर्फेक्ट स्किन लेजर एन्ड प्लास्टिक सर्जरी सेन्टर

 Image