Successfully Copied

अर्गानिक खेतीका बारेमा दीपक लोहनी

अहिले नेपालका विभिन्न ठाउँमा आइ.पी.एम. पाठशालाहरू चलिरहेका छन् जसले कृषकहरूलाई अर्गानिक खेतीप्रति उत्साहित बनाइरहेका छन् । आइ.पी.एम. पाठशालामा कृषकहरूलाई त्यस्तो प्रशिक्षण दिइन्छ, जसले रासायनिक मल एवं विषादीको प्रयोग न्यूनीकरण गर्न अभिप्रेरित गर्छ र जैविक अर्थात् कम्पोस्ट मलको प्रयोगमा जोड दिन्छ भने कीरा र

अर्गानिक खेतीका लागि मल कसरी तयार गर्ने ?

गाई–गोरुको मलमूत्रबाट उत्पादित (कम्पोस्ट) मलले नै बिरुवालाई चाहिने सम्पूर्ण पदार्थ आपूर्ति गर्छ । गहुँत र हाम्रै वरिपरि पाइने अँसुरो, निम, तीतेपाती, हर्रो, बर्रो, सुर्ती, अदुवा, सिस्नु, निबुवा, गाँजा, लसुन, प्याज, पुदिना, बाबरी, खिर्रो, केतुके/हात्तीसार, मरिच, बकाइनो, गन्धेझार, सरिफा आदिलाई कीरा तथा रोग नियन्त्रणमा प्रयोग गर्न सकिन्छ । जसले उत्पादन बढाउन मद्दत गर्छन् । यी जडिबुटीका पात, डाँठ, फलफूल, जरा आदिलाई काँचो वा सुकाएर वा पानीमा भिजाएर तयार पारिएको रस प्रयोग गर्न सकिन्छ ।

कोकोपिटको प्रयोग कसरी गर्ने ?

कोकोपिट खाँदिएर आएको हुन्छ । त्यसलाई चिस्याउनुपर्छ । भिजाएपछि कोकोपिट फुल्छ अनि त्यसमा बिरुवालाई चाहिने आवश्यक मलखाद भरेर राख्नुपर्छ । त्यसलाई एकै ठाउँमा मिसाएर मोल्दै गमलामा भर्नुपर्छ । कोकोपिट थरीथरीको हुन्छ । एक खालको कोकोपिट अलि कमसल खालको छ । नरिवलको जटामा अलि धेरै रेसा हुन्छन् । यसको एक किलोको मूल्य ६० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म पर्छ । एक किलो कोकोपिटमा पानी हालेपछि त्यो फुलेर ८ किलोसम्म हुन्छ । त्यति कोकोपिटले सय रुपैंयाँ पर्ने तीन वटासम्म गमला भर्न सकिन्छ ।

अर्गानिक खेतीका लागि के–कस्तो तालिम भैरहेको छ ?

अहिले नेपालका विभिन्न ठाउँमा आइ.पी.एम. पाठशालाहरू चलिरहेका छन् जसले कृषकहरूलाई अर्गानिक खेतीप्रति उत्साहित बनाइरहेका छन् । आइ.पी.एम. पाठशालामा कृषकहरूलाई त्यस्तो प्रशिक्षण दिइन्छ, जसले रासायनिक मल एवं विषादीको प्रयोग न्यूनीकरण गर्न अभिप्रेरित गर्छ र जैविक अर्थात् कम्पोस्ट मलको प्रयोगमा जोड दिन्छ भने कीरा र रोग नियन्त्रणसम्बन्धी तालिम पनि प्रदान गर्छ ।

 Image