मिटरब्याजीको दुःख
मिटरब्याजी साहूबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिम कञ्चनपुरदेखि पैदल हिँडेर २३औं दिन उपत्यका प्रवेश गरेका मिटर ब्याज पीडितहरूको न्याय मार्च ४२ औं दिन पुग्दासम्म पनि जारी छ । अधिकांश पीडित महिला छन् ।
पहिलो पटक राजधानीमा सम्पन्न मिस नेपाल आइडलको शिर्ष उपाधि मेरिना लिम्बुले उचालेकी छिन् । यसै साता सम्पन्न प्रतियोगीतामा धरानकी मेरिनाले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । उनले इन्टेलिजेन्ट विधाको अवार्ड समेत हात पारेकी छिन् ।
प्रतियोगितामा मोस्ट ब्युटिफुल र पब्लिक च्वाइसको अवार्ड सहित सुसन कोइराला फस्ट रनर अप विजेता भइन् भने ट्यालेन्ट अवार्ड सहित आकृति कुँवरले सेकेन्ड रनर अपको ताज उचालिन् ।
प्रतियोगितामा पर्सनालिटीको अवार्ड सहित रक्षा भुजेल थर्ड रनर अप भइन् भने कृजु महर्जनले वेष्ट फिगरको अवार्ड सहित मोस्ट पपुलर अवार्डको ताज पहिरिन सफल भइन् । प्रतियोगिता हिमानी सुब्बाको कोरियोग्राफीमा अमेजन इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा प्रस्तुत भएको थियो ।