Successfully Copied

फिजिकल फिटनेस

एक्सरसाइजको पनि आफ्नै नियम र तालिका हुन्छ । कस्ताका लागि कुन एक्सरसाइज, शरीरको कुन अङ्ग घटाउन वा बढाउन कस्तो प्रकृतिको एक्सरसाइज गर्ने भन्ने हुन्छ । एक्सरसाइज मात्र पनि धेरै गर्नुहुँदैन । दैनिक समय तालिका र प्रकृति मिलाएर एक्सरसाइज गर्नुपर्छ । अर्को कुरा हिजोआज

कसरी फिजिकल्ली फिट रहन सकिन्छ ?

शरीरलाई फिट राख्ने प्रमुख उपाय उपयुक्त खानपान र सही व्यायाम नै हो । थोरै समयमा खाने तर खाइरहने, जकं फुडबाट टाढै रहने, पानी तथा तरल पदार्थ प्रशस्त मात्रामा खाने । यति भए शरीर फिट मात्र रहँदैन सौन्दर्यलाई पनि सदाबहार राख्न सकिन्छ ।

हेभी एक्सरसाइज र डाइटिङ गरे स्लिम भइन्छ भन्ने अवधारणा सही हो ?

एकदमै गलत हो । एक्सरसाइजको पनि आफ्नै नियम र तालिका हुन्छ । कस्ताका लागि कुन एक्सरसाइज, शरीरको कुन अङ्ग घटाउन वा बढाउन कस्तो प्रकृतिको एक्सरसाइज गर्ने भन्ने हुन्छ । एक्सरसाइज मात्र पनि धेरै गर्नुहुँदैन । दैनिक समय तालिका र प्रकृति मिलाएर एक्सरसाइज गर्नुपर्छ । अर्को कुरा हिजोआज डायटिङ गर्ने चलन बढ्दो छ । यो राम्रो होइन । यसका कारण शरीरमा आवश्यक पोषण नपुगेर विभिन्न रोगले आक्रमण गर्ने प्रबल सम्भावना हुन्छ । प्रत्येक दुई घन्टाको फरकमा केही न केही खाइरहनुपर्छ । प्रशस्त खानुपर्छ तर थोरै मात्रामा लामो समयको अन्तराल नराखी । भोकाएपछि मात्र खानु राम्रो होइन ।

कस्तो शरीरलाई फिट र हेल्दी मान्ने ?

स्वस्थ र सुगठित शरीरलाई फिट मानिन्छ । जसलाई अलिकति ब्यायाम गर्ने वा दुई पाइला हिँड्नेबित्तिकै चिटचिट पसिना छुट्न थाल्छ, रिंगटा लाग्छ वा बढी थकान महसुस हुन्छ त्यस्तो शरीर फिट हुन सक्दैन । फिजिकल्ली फिट हुन सकारात्मक सोच र प्रशस्त आराम पनि चाहिन्छ । हामीले कम्तीमा पनि ८ देखि १० घन्टा दैनिक सुत्नुपर्छ ।

उपयुक्त एक्सरसाइजका लागि के गर्न सकिन्छ ?

राम्रो फिटनेस ट्ेरनर तथा गुणस्तरीय मेसिनयुक्त जिम यसका आवश्यक र प्राथमिक पूर्वाधार हुन् । त्यसपछि आफूले शरीरको कुन अङ्ग घटाउने–बढाउने र कसिलो बनाउने आफूले पनि ज्ञान राख्नुपर्छ । घरमै एक्सरसाइज गर्न चाहनेहरूले युट्युब भिडियो वा फिटनेस ट्ेरनरको सल्लाहअनुसार नियम फलो गर्नुपर्छ ।

पोषणका नाममा प्रयोग गरिने विभिन्न सप्लिमेन्टले शारीरिक स्वास्थ्यलाई कत्तिको क्षति पुर्‍याउँछ ?

सप्लिमेन्ट खरिद गर्दा राम्रो ब्रान्ड र गुणस्तर हेर्नुपर्छ । यस्ता सप्लिमेन्ट औषधि होइनन् । त्यसैले यिनको साइड इफेक्ट्स हुँदैन । यस्ता सप्लिमेन्टको काम शरीरमा पोषण प्रदान गर्ने बाहेक अर्को हुँदैन । तिनको काम ओभर डाइटबाट जोगाउनु मात्र हो । यसको प्रयोगले छिटो भोक लाग्दैन भने आवश्यकताभन्दा बढी डाइट शरीरमा जानबाट जोगिन्छ ।

 Image