Successfully Copied

आइमेकअप ट्रेन्ड

रेगुलर मेकअपका लागि पिंक, पिचजस्ता बेसिक र सफ्ट कलरका आइस्याडो लगाउने । त्यस्तै मस्कारा र गाजल आफ्नो रुचिअनुसार अप्लाई गर्ने । रेगुलर मेकअपका लागि पारदर्शी मस्कारा पनि लगाउन सकिन्छ ।

यसपटक मेकअप ट्रेन्डमा आइलाइनर, लिपिस्टिक, हेयरस्टाइलदेखि हेयरकलरसम्म नयाँपन देखापर्दैछ भने पार्टी आइमेकअपमा मेटालिक ग्रिन, गोल्ड, पिंकजस्ता भाइब्रेट कलर फेसनमा छन् । बितेका वर्षहरूको तुलनामा यो वर्ष आइलाइनरको प्रयोग बढी गरिनेछ ।

ग्लिटर आइलाइनर

गत वर्ष विन्ज आइलाइनर महिलाहरूको पहिलो रोजाइमा थियो अहिले भने ग्लिटर आइलाइनरको ट्रेन्ड चलिरहेको छ । रेड, ब्लु,अरेन्ज तथाग्रिन कलरको आइलाइनर फेसनमा रहनेछ ।

हेबी आइलाइसिस

हल्का र नेचुरल आइलाइसिसको ट्रेन्ड अब हेबी तथा बाक्लो आइलाइसिसतर्फ अघि बढ्नेछ । आइलाइसिसमा पनि ब्राइट रंगको मस्कारा प्रयोग हुनेछ ।

रेगुलर आइमेकअप

सिम्पल तथा फ्रेस लुकका लागि आँखाको मुनितिर मात्र आइलाइनर लगाउने । यो लुकका साथ सफ्ट पिंक कलरको लिपिस्टिक आकर्षक देखिन्छ ।

आँखाको तल र माथि दुवै भागमा आइलाइनर लगाएर आइमेकअपलाई हाइलाइट गर्न सकिन्छ । यो लुकमा लाइट कलरको लिपिस्टिक लगाउनुपर्छ ।

रेगुलर मेकअपका लागि पिंक, पिचजस्ता बेसिक र सफ्ट कलरका आइस्याडो लगाउने ।

त्यस्तै मस्कारा र गाजल आफ्नो रुचिअनुसार अप्लाई गर्ने ।

रेगुलर मेकअपका लागि पारदर्शी मस्कारा पनि लगाउन सकिन्छ ।

पार्टी आइमेकअप

स्मोकी लुकका लागि कार्बन आइस्याडो प्रयोग गर्नुपर्छ । स्मोकी आइमेकअपका लागि भने लिप मेकअप नेचुरल नै छोड्ने । कालो आइलाइनरले फ्लिक्स बनाएर आँखालाई ड्रामेटिक लुक दिने । ७० को दशकका नायिकाले गर्ने यो मेकअप अहिले पुन: फेसनमा छ । यो लुक टिनएजरले बढी नै रुचाएका छन् ।

पेस्टल ग्रिन आइस्याडोका साथ ग्लिटरको कम्बिनेसन पार्टी लुकका लागि उपयुक्त हुन्छ । यसका साथ कालो आइलाइनर, गाजल तथा मस्कारा लगाउने । युवाहरूमा यो पार्टी मेकअप परफेक्ट देखिन्छ ।

हिजोआज इलेक्ट्रिक सेड्सको स्मन्ड जेल आइलाइसेस फेसनमा छ । पार्टी लुकका लागि ग्लिटर ल्यासेज पनि लगाउन सकिन्छ । यो फेसनमा छ र यसले नयाँ लुक पनि दिन्छ ।

बेबी ब्लु आइलाइनर क्युट लुक प्राप्त गर्न सकिन्छ । ग्राफिक आइज पनि अहिले फेसनमा छ । यो लुकका लागि कोल्ड लिक्विड आइलाइनर प्रयोग गर्ने ।

फेक आइलाइसेसले आँखाको मेकअपलाई बोल्ड एन्ड ब्युटिफुल बनाइदिन्छ । त्यसैले पार्टी मेकअपमा फेक आइलाइसिस उपयुक्त हुन्छ ।

                                                                                        साइसा ब्युटि होम, बानेश्वर

 Image