Successfully Copied

जेठ महिनाको राशिफल

विभिन्न कुुराको लाभ हुुनेछ । दाम्पत्य जीवनमा अपेक्षा गरेजस्तै सुुख एवं सहयोग मिल्नेछ । काम गर्दा आकस्मिक बाधा आइलागे पनि क्रमश: सफलता हात लाग्दै जानेछ । पारिवारिक सुख एवं छोराछोरीबाट सन्तोष प्राप्त होला । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्रमा पनि

मेष

पारिवारिक सुुख मिल्नेछ । कहीँ–कतैबाट कुुनै कुुराको लाभ हुनेछ । सापटी दिएको रकम फिर्ता मिल्न सक्छ । सहयोगी हातहरू पछि हट्न सक्छन्, सकेसम्म  कसैको सहयोगको अपेक्षा नगर्नुु नै उपयुक्त हुन्छ । अनावश्यक खर्च हुुनसक्ने भएकाले किनमेल गर्दा सजग रहनुु होला । टाउको एवं आँखा दुुख्ने समस्याले सताउन सक्छ । रक्तचापका बिरामीहरूले आफ्नो खानपानमा ध्यान पुर्‍याउनुुहोला ।

    

वृष

आर्थिक पक्ष सुुदृढ रहनेछ । घर–परिवारबाट अपेक्षित सहयोग प्राप्त हुनेछ । व्यक्तिगत कार्यमा अपेक्षित सफलता हात पर्नेछ । दाम्पत्य जीवनमा एक–अर्काको सुुख–दुु:खको ख्याल गरिनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । कामको धपेडी हुुनसक्छ । आफ्ना लागि पनि केही समय छुुट्याउनुुहोला । पेट तथा मुुटुुका बिरामीहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुुपर्नेछ ।

मिथुन

प्राय: सबै कार्य आफ्नै योजनाबमोजिम सम्पन्न हुुनेछन् । दाम्पत्य जीवनमा माया एवं समझदारी कायम रहनेछ । पारिवारिक सुुख एवं छोराछोरीबाट सन्तोष मिल्नेछ । मनमा कुुनै नयाँ काममा लगानी गर्ने विचार आउनसक्छ । तपाईंको बोली एवं कार्य क्षमताबाट  प्रभावित हुनेहरू थुप्रै हुनेछन् ।

कर्कट

काममा सफलता मिल्दै जानेछ । काम विशेषले यात्रा गर्नुुपर्ला । केही समय माइती गएर बस्ने अवसर मिल्न सक्छ । आर्थिक पक्ष सुुदृढ रहनेछ भने व्यावसायिक क्षेत्रमा पनि सफलता हात पर्नेछ । उपहार प्राप्त हुनसक्छ । दाम्पत्य जीवनमा वैचारिक मतभेद भए पनि माया–प्रीति भने कायमै रहनेछ । व्यक्तिगत कार्यमा सफलता पाइएला । जहाँ गए पनि तपाईंको सुुख–दुु:खको ख्याल गरिनेछ ।

सिंह        

चिन्ता हटी मन हलुुका हुुनेछ । काम गर्ने जाँगर बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । प्राय: सबै कार्य आफ्नै इच्छाबमोजिम सम्पन्न हुुनेछन् । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुुनेछ । अधूरा कामहरू पूूरा हुुँदै जानेछन् । आपूूmलाई मन लागेको सामग्रीको किनमेल हुुनेछ । काम गर्दा कुुनै बाधा आइलागे पनि त्यसको समाधान पनि तुुरुन्त निस्कनेछ ।         

कन्या

विभिन्न कुुराको लाभ हुुनेछ । दाम्पत्य जीवनमा अपेक्षा गरेजस्तै सुुख एवं सहयोग मिल्नेछ । काम गर्दा आकस्मिक बाधा आइलागे पनि क्रमश: सफलता हात लाग्दै जानेछ । पारिवारिक सुख एवं छोराछोरीबाट  सन्तोष प्राप्त होला । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्रमा पनि सफल भइनेछ । राम्रो गर्दागर्दै पनि अपजस आइलाग्ने भएकाले जिम्मेवारीको काम गर्दा सजग रहनुहोला ।

तुला    

मनमा धेरै थरीका विचार आउनसक्छन् । कहिलेकाहीँ दोधार पनि हुुनसक्छ । श्रीमान्बाट सक्दो सहयोग मिल्नेछ भने आर्थिक पक्ष सुुदृढ रहनेछ । व्यक्तिगत खुुसीका लागि केही खर्च होला । दाम्पत्य जीवनमा एक–अर्काको मनोभाव बुुझी समझदारीका साथ व्यवहार गर्न सके सम्भावित कलह टर्न सक्छ । अनायासै उत्पन्न हुुने रिसलाई दबाउने प्रयास गर्नुहोला ।     

वृश्चिक

परिवारसित रमाइलो समय यापन गर्ने अवसर जुट्नेछ । सबैले तपाईंको काममा कुुनै न कुुनै माध्यमबाट सहयोग गर्नेछन् । कार्यक्षेत्रमा उन्नति गर्ने अवसर छ । व्यावसायिक क्षेत्र सफल रहनेछ । कुुनै काम विशेषले यात्रा हुुनसक्छ । प्रतिस्पर्धात्मक काममा विजयी भइनेछ । पेटको समस्या सिर्जना हुनसक्ने भएकाले खानपानमा सजग रहनुुहोला । दाम्पत्य जीवनमा  समझदारी कायम रहनेछ ।

धनु    

काममा सफलता मिल्दै जानेछ । शरीर पनि स्वस्थ रहनेछ । अधूरा कामहरू क्रमश: पूूरा हुुँदै जानेछन् । मनमा भएको तनाव हटेर मन हलुुका हुुनेछ । छोराछोरीको कुुरा बुुझी काम गर्ने प्रयास गर्नुहोला । दाम्पत्य जीवनमा बेला–बेलामा खटपट परे पनि आपसी माया एवं समझदारी कायमै रहनेछ । पारिवारिक स्वास्थ्यमा विशेष ध्यान दिनुुपर्नेछ । चोटपटक लाग्न सक्ने भएकाले सजग रहनुुहोला ।

मकर      

 व्यक्तिगत काममा सफलता मिल्नेछ । व्यावहारिक काम गर्दा भने सजगता अपनाउनुुहोला । मौसमी स्वास्थ्य समस्या सिर्जना हुनसक्ने भएकाले आहार–विहारमा ध्यान दिनुुपर्नेछ । प्रतिस्पर्धीहरूले अनाहकमा दुु:ख दिने प्रयास गर्न सक्छन् । आफ्नो कार्यक्षेत्रमा सक्रिय रही गोपनीयतामा अडिग रहनसके कसैले केही बिगार गर्न सक्ने छैनन् ।

कुम्भ        

पारिवारिक वातावरण सुखमय रहनेछ । काममा सफलता मिल्दै जानेछ । विभिन्न कुुराको जिम्मेवारी निर्वाह गर्नुुपर्नेछ । व्यवहार गर्दा सजगता अपनाउनुु होला । छोराछोरीबाट सुुख एवं सन्तोष प्राप्त होला । आर्थिक पक्ष सुुदृढ हुुनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुुनेछ । कहिलेकाहीँ दोमन हुुनसक्छ, सकारात्मक रहने प्रयास गर्नुुहोला ।

                

मीन    

तपाईंको नेतृत्वमा विभिन्न कार्य सम्पन्न हुुनेछन् । मनमा कुुनै नवीन कार्य गर्ने सोच आउनसक्छ । मन चंंगा हुनुका साथै शरीर पनि फुर्तिलो रहनेछ । लिन बाँकी रहेको रकम फिर्ता मिल्नेछ । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । दाम्पत्य जीवनमा माया एवं समझदारी कायम रहनेछ । काममा सफलता प्राप्त हुँदा हर्ष बढ्नेछ ।

 Image