Successfully Copied

नारीको संकल्प : प्रेमको मार्ग

प्रत्येक नयाँ वर्ष सुरु हुँदा सबैको मनमा विगतमा पूरा गर्न नसकेका संकल्प पूरा गरौं भन्ने चाहना र यो नयाँ वर्ष केही नयाँ गरौं भन्ने भावना आउँछ । हामी नारीमा पनि नयाँ वर्षको उमंगमा केही न केही संकल्प लिऊँ भन्ने हुन्छ । प्रत्येक नयाँ

अति सुन्दर मानव जीवन यो

अझ सुन्दर पार्नु कसोगरी हो

गरी काव्य सुधा रसपान अरे

गर मानव जीवन सार्थक रे !!!

मानवतावादी विचारका धनी धरणीधर कोइरालाले सुन्दर जीवनलाई अझ सुन्दर र काव्यमय बनाउन दिएको यो सन्देश जीवन जिउने एउटा महत्वपूर्ण सूत्र हो । ओशो भन्नुहुन्छ–‘प्रेम आफ्नोपनको सर्वोच्च रूप हो जहाँ कुनै माग हुँदैन, कुनै सर्त हुँदैन बरु सेवा हुन्छ । बुद्ध भन्नुहुन्छ–‘जहाँ प्रसन्नता र आनन्द मिल्छ त्यहीँ प्रेमको अनुभूति हुन्छ ।’ प्रेमचन्द भन्नुहुन्छ–‘प्रेम अपार विश्वास, अपार धैर्य एवं अपार शक्ति हो ।’ हामी नारीहरू प्रसन्नता, विश्वास, मित्रता र आनन्द सबै चाहन्छौं त्यसैले त हामी सेवामा तल्लीन हुन्छौं अर्थात् सेवालाई पूजाका रूपमा लिन्छौं । परिवारलाई खुसी र सुखी देख्न चाहन्छौं । प्रत्येक क्षण हाँसीखुसी जिउन चाहन्छौं र घरलाई नै मन्दिर बनाउन चाहन्छौं ।

यसका लागि स्वयं प्रेमपूर्ण नभई खुसी र आनन्दित हुने वा परिवारको खुसी कायम रहने कुरा हुँदैन । प्रत्येक नयाँ वर्ष सुरु हुँदा सबैको मनमा विगतमा पूरा गर्न नसकेका संकल्प पूरा गरौं भन्ने चाहना र यो नयाँ वर्ष केही नयाँ गरौं भन्ने भावना आउँछ । हामी नारीमा पनि नयाँ वर्षको उमंगमा केही न केही संकल्प लिऊँ भन्ने हुन्छ । प्रत्येक नयाँ वर्षमा म विदेश घुम्न जान्छु, घर बनाउँछु, तौल घटाउँछु, राम्री बन्छु आदि भन्नुभन्दा पनि म अरू प्रेमिल हुन्छु र सारा कर्मलाई नै प्रेमका रूपमा लिन्छु भनेर आÏनो हृदयलाई फराकिलो पार्नु जस्तो शुभ संकल्प अरू हुनै सक्दैन ।

संकल्प जीवनको नक्सा हो । कहाँ पुग्ने र कुन मार्ग अपनाए उक्त गन्तव्यमा पुग्न सकिन्छ छु्ट्याउन सक्नुपर्छ । संकल्पको बाटोमा हिँडेका कारण नै आजको दिनसम्म प्राप्त कुराहरू हाम्रो कर्मका फल हुन् भने संकल्प नलिने र संकल्पको बाटोमा हिँड्ने विज्ञान नै नजान्नेले जीवन व्यर्थमा बिताइरहेका हुन्छन् । त्यसैले धरणीधर कोइरालाले भन्नुभएको होला–जीवनलाई अरू थप सार्थक बनाऊ । जीवन सार्थक र सुन्दर बनाउन प्रेम जत्तिको सही मार्ग अरु कुनै छैन ।

त्यसमा पनि प्रेम र नारी उही अर्थ दिने स्त्रीलिङ्गी शब्द हुन् भन्दा फरक पर्दैन । किनभने नारी गुण र स्वभाव भनेकै प्रेम हो । प्रेम अस्तित्वले प्रदान गरेको स्वभाव हो । प्रेमको अभावमा घृणा, अहंकार, हिंसा तथा अन्याय सिर्जना हुन्छ । प्रेम शब्द मात्र होइन हृदय फुटेर निस्कने भाव हो, तरङ्ग हो । नारीका हरेक कर्म प्रेमले प्रेरित हुन्छन् त्यो भान्सामा खाना तयार गर्दा होस् वा बालबालिकालाई दूध चुसाउँदा । घर सफा गर्दा होस् वा फूलबारी गोडमेल गर्दा जताततै प्रेम नै प्रस्फुटन भएको हुन्छ ।

कार्यालयबाट थाकेर घर छिर्नासाथ भान्सामा पसेर सँगै कार्यालयबाट थाकेर आएका श्रीमानलाई चिया बनाइदिँदा होस् वा आमा हजुरले खाजा त खानुभयो नि भन्दै सासूको सेवामा तत्पर हुँदा होस् । प्रेमविना यी कर्म सम्पन्न हुनै सक्दैनन् । दिनभर घरको काममा व्यस्त हुने नारीहरू पनि बाहिर कामबाट थाकेर फर्किएका श्रीमान्को सेवामा खटिनु वा स्कुलबाट फर्किएका छोराछोरीको स्याहारमा खटिनु सबै प्रेमकै अभिव्यक्ति हुन् ।

छोरी, बुहारी, दिदी–बहिनी, आमा, सासू, नन्द, भाउजू सबै नारी घरका अलंकार हुन् । जसरी हाम्रा अलंकार अर्थात् गहनाले हामीलाई सुन्दर देखाउँछन् त्यसैगरी नारी भएको घरमा पनि अतिरिक्त सुन्दरता थपिएको हुन्छ । अझ भनौं नारी नभएको घर भन्दा पनि नारीको प्रेम नपाएको घर आफैंमा निरश हुन्छ यो सबैले अनुभूति गरेको कुरा हो ।

प्रेमको अनुभव परम तत्व अर्थात् अस्तित्वप्रतिको अनुभूति हो । हामीले जसलाई प्रेम गरे पनि, जुन कर्मलाई प्रेम गरे पनि, जोसँग प्रेमपूर्ण भए पनि त्यो त्यही प्रेमप्रतिको झलक र अनुभूति हो । प्रेम कसैको भौतिक सम्पदाले आकर्षित भएको छ भने त्यो प्रेम नभएर वासना हो । प्रेम कर्तव्य होइन, प्रेम कुनै भूमिका वा कुनै सम्बन्ध पनि होइन । प्रेमका कारण सम्बन्ध बन्न सक्छ तर सम्बन्धका कारण प्रेम हुने होइन । सम्बन्धका कारण बन्ने प्रेम कहानीहरू अन्त्यमा गएर असफल हुन्छन् ।

प्रेममा सानो–ठूलो वा मर्यादाक्रम हुँदैन । जब प्रेममा मान्यताक्रम खोजिन्छ तब त्यो प्रेम रहँदैन । बुहारीले सासूलाई प्रेम गर्नुपर्ने तर सासूले बुहारीलाई प्रेम नगरे पनि हुने, श्रीमान्लाई श्रीमतीले प्रेम गर्नुपर्ने तर श्रीमान्ले श्रीमतीलाई नगरे पनि हुने भन्ने हुँदैन । किनभने प्रेम कुनै अंकगणित होइन । हाम्रो मर्यादाक्रमको संस्कारले पनि हामीलाई स्वतन्त्र जीवन जिउन दिएको हुँदैन । प्रेमको सम्बन्ध हृदयसँग हुन्छ त्यसैले त प्रेमपूर्ण व्यक्तिको जीवन सधैं उत्सवमय हुन्छ, आनन्दित हुन्छ ।

एक–अर्कामा सद्भाव र सहयोगको नाम नै प्रेम हो । चाहे त्यो श्रीमान्–श्रीमतीबीच होस् वा प्रेमी–प्रेमिकाबीच । छोराछोरी र आमाबाबुबीच होस् वा साथीहरूबीच अनि कार्यालयमा हाकिम वा कारिन्दाबीच नै किन नहोस् । नारीको हृदय विराट हुन्छ र त्यही विराटता नै प्रेम हो । हृदयको सम्बन्ध हृदयसँग हुन्छ यसको कुनै तह हुँदैन । छोरालाई प्रेम गर्छु तर श्रीमान्लाई गर्दिन, श्रीमान्लाई प्रेम गर्छु तर सासू–ससुरालाई गर्दिन भनिन्छ भने त्यो साँचो प्रेम होइन ।

सबै नारीलाई आकर्षक देखिन मन लाग्छ, राम्रो काम गरेर देखाउन मन लाग्छ र आफूले गरेका कर्म सफल हुन् भन्ने लाग्छ । यी सबै चाहना पूरा गर्ने सूत्र ध्यान हो भने परिणाम आनन्दको अनुभूति हो । आफैंसँग खुसी हुनु, आÏनो कर्मबाट सन्तुष्टि लिनु र सबैलाई प्रेम दिन सक्नु नारी स्वभाव हो । प्रेम बाहिरी चाहना नभएर अन्तर्मुखी हुने कला हो त्यसैले त नारीहरू बहिर्मुखी नभएर अन्तर्मुखी हुन्छन्, शीलवान् र धैर्यवान्हुन्छन् । घरको कामकाज, कार्यालयको काम, बालबच्चाको स्याहारलगायत सामाजिक सेवा र अतिरिक्त क्रियाकलापमा समेत समय दिन सक्ने खुबी छ नारीहरूमा । यद्यपि अहिले आधुनिकता र देखासिकीले गर्दा यो खुबी र सेवामा प्रेम देख्नुभन्दा पनि हामी के कुरामा कम छौं र नारीले मात्र घरलाई खुसी राख्न योगदान गर्नुपर्नेजस्ता तर्कले थिचेको पाइन्छ ।

समान अधिकार र स्वतन्त्रता खोज्ने नाममा घरमा कलह बढेको पाइन्छ । परिवारका सदस्य एवं बालबालिकाहरूमा समेत तनाव रनकारात्मक सोच बढ्दै गएको छ जसलेश्रीमान्–श्रीमतीबीच नै सम्बन्धविच्छेदसम्म गराएको पाइन्छ । घरपरिवारमा तनाव सिर्जना हुँदा र बालबालिकामा नैराश्यता देख्दा कुन आमा आÏनो स्वतन्त्रतामा रमाउन सक्छिन् ? प्रेमले नै संसार जित्न सकिन्छ भन्ने सूत्र थाहा पाएपछि र कर्म अनि सेवामै प्रेम देख्ने कला जानेपछि अरू कुराबाट विचलित हुने अवसर नै रहँदैन । दैनिक योग अभ्यास गर्ने, दैनिक ३० मिनेट ध्यान गर्ने, आफूलाई मन पर्ने संगीत सुन्ने, सन्तहरूका वाणी सुन्ने, सकारात्मक सोच बढाउने पुस्तक अध्ययन गर्ने, खानपानमा ध्यान दिने, परिवारका सदस्यहरूसँगै बसेर हाँस्ने–हँसाउने, दिनभरि भए–गरेका कामको समीक्षा गर्ने अनित्यसबाट शिक्षा लिने बानी बसाल्न सके त्यसले महिलाहरूलाई सधैं प्रेमिल र आनन्दित रहन मद्दत पुर्‍याउँछ । नयाँ वर्षमा संकल्प नै लिनु छ भने यी कुराहरू आत्मसात् गर्छु भन्ने संकल्प लिने कि ?

 Image