Successfully Copied

हरेक दिन नयाँ वर्ष

मकहाँ आएर निको भएका बिरामीहरू देख्दा मलाई स्वत: खुसी लाग्छ । सही काम एवं खुसीका साथ जीवन बिताउनु नै नयाँ दिन हो, नयाँ वर्ष हो । म हरेक दिन नयाँ बिहानीसँग नयाँ वर्ष मनाइरहेकी हुन्छु ।

आजको काम आजै गरौं, खुसी हुन किन चाडपर्व कुर्नुपर्‍यो र ? सातदोबाटोस्थित जलखाने घरमा गुरु हिरोकाजीकी चेली जमुना कायस्थ नयाँ वर्षको शुभकामना दिने क्रममा भन्दै थिइन् । जमुनाका अनुसार व्यक्तिमा जोस–जाँगर र केही गर्नुपर्छ भन्ने भावना छ भने त्यसका लागि हरेक समय उपयुक्त हुन्छ । केही राम्रो काम गर्नु छ भने किन नयाँ वर्ष कुर्ने, आजैदेखि सुरु गरे भैहाल्छ ।

अमेरिकाको चर्चित फेसन कम्पनी मकाल्समा काम गरेको अनुभव बोकी नेपाल फर्किएपछि जमुना विदेशीलाई नेपाली सिकाउने, घुमाउने रनेपाली संस्कृतिको ज्ञान बाँड्ने काममा लागिन् । नेपालको चौथो र महिलाले खोलेको पहिलो बीउ कम्पनी स्थापना गरेर महिलाहरूलाई नै तालिम दिई बीउ कम्पनी चलाइन् । २०६० को सुरुदेखि नै घरमै हिलिङ गराई दिनमा सयौं जनालाई सहयोग गरिरहेकी जमुनाको घर अहिले जल खाने घरका रूपमा परिचित छ । बिनापैसा,पूरै सहयोगको भावनामा जमुना यसमा रमाइरहेकी छिन् । जमुना भन्छिन्–मेरालागि हरेक दिन नयाँ वर्ष हो ।

मकहाँ आएर निको भएका बिरामीहरू देख्दा मलाई स्वत: खुसी लाग्छ । सही काम एवं खुसीका साथ जीवन बिताउनु नै नयाँ दिन हो, नयाँ वर्ष हो । म हरेक दिन नयाँ बिहानीसँग नयाँ वर्ष मनाइरहेकी हुन्छु । नयाँ वर्षको पार्टी आयोजना गर्ने, संकल्प लिने, राम्रो काम सुरु गर्ने चलन अहिले फेसनका रूपमा अघि बढेको छ तर यीकुरा कथाकार सविता श्रेष्ठ बेहोसीलाई त्यति मनपर्दैन । धरानकी सविता दुई छोराको पढाइका लागि १२ वर्षअघि काठमाडौं आएकी हुन् । तीन पुस्तक प्रकाशित गरिसकेकी सविता केही दिनभित्रै नयाँ कथासंग्रह सार्वजनिक गर्दैछिन् । लेखनमै रमाउने सविता सकेसम्म साहित्यिक कार्यक्रमहरूमा पुगिरहेकै हुन्छिन् ।

उनी समय–समयमा साथीभाइलाई बोलाएर घरमै ख्वाउन पाउँदा निकै रमाउँछिन् । सविता पनि जमुनाजस्तै आजमै रमाउनुपर्छ, खुसीका लागि भोलिकिन कुर्ने भन्ने सोच राख्छिन् । एकदिन नयाँ वर्ष मनाएर, घुमेर, मठमन्दिर गएर, राम्रो काम सुरु गरेर मनाउन मन लाग्दैन । सविताका अनुसार नयाँ वर्षमा साथीभाइहरूसँग रमाइलो गर्नु त ठीक हो तर केही खान, लाउन, मन्दिर जान वा संकल्प लिन नयाँ वर्ष नै कुर्नु ठीक होइन । साथीहरूले सोचेको पूरा होस् भनेर शुभकामना दिने परिपाटी पनि उनी रुचाउँदिनन् । हरेक दिन राम्रो गरौं, राम्रो होस्,सधै मेलमिलापकायम रहोस् भन्ने सोच राख्नुपर्छ, जीवन त्यत्तिकै रमाइलो हुन्छ–उनले बताइन् ।

बुटवलकी शोभा भट्टराई विन्धवासिनी हेल्दी होमकी सिइओ हुन् भने विन्धवासिनी फेसन प्वाइन्टकी संचालिका पनि । उनी पनि हरेक दिनलाई नयाँ वर्ष अनुभव गर्छिन् । बिहान उठ्नासाथ आज म यो–यो काम गर्छु, मेरो नराम्रो पक्षलाई हटाउने प्रयास गर्छु भन्ने सोचका साथ दिन प्रारम्भ गर्ने भट्टराई आमा भएपछि आफ्नो तौल ९२ केजीपुगे पनि पटक्कै निराश भइनन् । सुन्दर देखिनेरहर भएकी भट्टराईलाई आफ्नो मोटोपन कम गर्छु भन्ने विश्वास थियो । अहिले ३० किलो घटाएर स्लिम भैसकेकी शोभा जीवनमा उत्साह–उमङ्ग हुनुपर्ने तर्क गर्छिन् ।

आफूलाई मन परेको कुनै पनि काम गर्दा आनन्द आउँछ, तनाव बिर्सिइन्छ, दु:ख भुलिन्छ र मनमा शान्ति प्राप्त हुन्छ भने त्यो काम गर्न कुनै पनि दिन कुर्न नहुने शोभाले बताइन् । लायन्स क्लबकी सदस्य शोभा वर्षमा ३–४ पटक काठमाडौं आएर फोटोसुट गराउँछिन् । शोभा भन्छिन्–जीवनमा नयाँ–नयाँ कुरा सिक्ने चाहनाले खुसी ल्याउँछ । त्यही भएर उनीहरेक दिन बिहान भगवान्का अगाडि बसेर सधै राम्रो गरांै, झैझगडा नगरौं, नयाँ कुरा सिक्न पाऊँ भनेर ध्यान गर्छिन् । जसले उनमा ऊर्जा थपेको महसुस हुन्छ । शोभा कुनै पनि इच्छालाई भोलिका लागि बाँकी राख्दिनन्, जे गर्ने हो आजै गरौं भन्ने सोचले नै उनमा दिनहुँ उत्साह बढ्दै गएको छ ।

सौन्दर्य व्यवसायी संघ काभ्रेकी अध्यक्ष तथा ब्युटिसियन लक्ष्मी श्रेष्ठका अनुसार सधैं स्वस्थ एवं युवा अनुभव गर्न मनमा रहेको हीनभावनालाई निकाल्नुपर्छ । म केही गर्न सक्दिन भन्ने सोच राख्नु हुँदैन । विवाहपछि करियरमा लागेकी लक्ष्मी जति–जति उमेर बढ्दै गयो, उति–उति उत्साहित र स्मार्ट हुँदै गएकी छिन् । आफूलाई सकारात्मक सोचका साथ सक्रिय राख्नुपर्छ । खुसी तथा सकारात्मक हुनुको असर अनुहारमा पर्छ भन्ने मान्यता राख्ने श्रेष्ठका लागि हरेक बिहानी नयाँ दिन मात्र होइन नयाँ वर्षझैं लाग्छ। आफ्नो ओठमा मुस्कान खाली नहोस् र आफूले गर्दा अरूको चित्त नदुखोस्–लक्ष्मीको चाहना छ । लक्ष्मी भन्छिन्–हाँसोले जोकसैलाई सन्तुलित, एनरजेटिक तथा स्वस्थ बनाउँछ । म सकेसम्म आफ्नो मनमा कसैप्रति द्वेष वा ईष्र्याको भावना उत्पन्न हुन दिन्न । आफूलाई हरेक तनावबाट टाढा राख्छु । त्यसैले पनि मैले एकपछि अर्काे सफलता हात पारिरहेकी छु ।

 Image