अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।

हाम्रो समाजमा यस्ता थुप्रै उदाहरणीय महिला छन् जसले आफ्नो पेसामा विशेषज्ञता हासिल गरेर पनि अन्य सिर्जनशील क्षेत्रमा समेत आफूलाई अब्बल साबित गरिरहेका छन् । कुशल व्यवस्थापकीय क्षमता बोकेका नारी जाति बहुमुखी प्रतिभाका पर्याय हुन् । उहीहरूमा एकै पटकमा मल्टिटास्किङ क्षमता प्रस्तुत गर्नसक्ने स्वभाव हुन्छ । केही त्यस्ता नेपाली महिला जो छेकिएको क्षमता प्रस्फुटन गरी आफ्नो पेसा–व्यवसायका अतिरिक्त थप दक्षता प्रस्तुत गर्दै अघि बढिरहेका छन् :
राधिका ऐर हमाल
कराँते मास्टर, समाजसेवी, संचालिका,
लर्निङ ह्यान्ड् प्रि–स्कुल
कन्चनपुरमा जन्मिएकी राधिका परिवारकी साहिँली छोरी हुन् । सानैदेखि उनमा नेतृत्व दिने स्वभाव थियो । उनको समयमा महिलाले कराँते सिक्नु भनेको ठूलो कुरा थियो । यद्यपि राधिकाले आफ्ना हजुरबुवाको सहयोग तथा भदाका कारण २०४८ सालदेखि कराँते सिक्न थालिन् । राधिकाले २०५० सालमा ब्ल्याक बेल्ट प्राप्त गरेकी हुन् ।
महिलाले चाहे जस्तोसुकै काममा सफलता हात पार्न सक्छन् भन्ने ज्वलन्त उदाहरण हुन्– राधिका हमाल । राधिकाले २०६१ सालदेखि सुदूरपश्चिमको कबर्ड हलमा कराँते सिकाउन थालिन् । अहिले पनि उनको यात्रा रोकिएको छैन । ताल्छीखेलको एउटा स्कुलमा कराँते सिकाउने राधिकाले अहिले कराँतेमा चौथो डन प्राप्त गरिसकेकी छिन् । कराँतेबाट स्वस्थ हुनुका साथै आत्मबलसमेत बढ्ने उनको धारणा छ । बिहान कराँते सिकाउन जाने राधिका लर्निङ ह्यान्ड्स प्रि–स्कुलकी संचालिका हुन् । बिहान ४ बजेदेखि सुरु हुने उनको दैनिकी बेलुका ७ बजे सकिन्छ । ४ बजे उठेपछि केही समय उनी मर्निङ वाकमा जान्छिन् । स्कुलमा कराँते सिकाएपछि आठ बजे लर्निङ ह्यान्ड्स स्कुल पुग्छिन् । त्यहाँ विद्यार्थीलाई योग तथा कराँते सिकाउनुका साथै प्रशासनिक काम पनि गर्छिन् ।दिउँसो सानोगौचरनस्थित अफिसमा केही घन्टा बिताउँछिन् । त्यसपछि स्कुलमै आएर केही समय गृहिणीहरूलाई योग तालिम दिन्छिन् । हमाल बिहानको खाना स्कुलमै खान्छिन् भने बेलुकाको खाना घरमा आफैं बनाउँछिन् । शनिबार घर सरसफाइ गर्नुका साथै लुगा धुने काम गर्छिन् । ग्वार्कोमा बसोबास गर्ने उनको दिनचर्या देखेर छिमेकीहरू पनि छक्क पर्छन् । राधिका समाजसेवामा समेत सक्रिय छिन् । छिट्टै उनी आफ्नो टोलमा आमा समूह गठन गर्दैछिन् । उनले महिला चिकित्सकहरूलाई आत्मसुरक्षाको तालिमसमेत प्रदान गरेकी छिन् । राधिका बाग्मती सरसफाइ अभियानमा समेत सक्रिय छिन् । उनी बेला–बेलामा कराँतेको थप तालिम लिएर अपग्रेड पनि भैरहन्छिन् ।
मेसिनजस्तै चलेको दिनचर्याप्रति राधिकालाई कुनै गुनासो छैन । निस्क्रिय जीवन यापन गर्नुभन्दा यही सक्रिय जीवनबाट खुसी छिन् उनी । कडा परिश्रम गरे महिलाले एकैपटकमा धेरैभन्दा धेरै काम सुव्यवस्थित ढंगले सम्पन्न गर्न सक्ने उनको धारणा छ । आत्मबल तथा दृढइच्छा भए सबै कुरा व्यवस्थापन गर्न सकिने राधिका बताउँछिन् ।