बैशाख महिनाको राशिफल
बैशाख महिनाको राशिफल

हाम्रो समाजमा यस्ता थुप्रै उदाहरणीय महिला छन् जसले आफ्नो पेसामा विशेषज्ञता हासिल गरेर पनि अन्य सिर्जनशील क्षेत्रमा समेत आफूलाई अब्बल साबित गरिरहेका छन् । कुशल व्यवस्थापकीय क्षमता बोकेका नारी जाति बहुमुखी प्रतिभाका पर्याय हुन् । उहीहरूमा एकै पटकमा मल्टिटास्किङ क्षमता प्रस्तुत गर्नसक्ने स्वभाव हुन्छ । केही त्यस्ता नेपाली महिला जो छेकिएको क्षमता प्रस्फुटन गरी आफ्नो पेसा–व्यवसायका अतिरिक्त थप दक्षता प्रस्तुत गर्दै अघि बढिरहेका छन् :
गायनसँगै कला र साहित्यमा स्मिता
विराटगरमा जन्मिएकी स्मिता घिमिरे ३–४ वर्षको उमेरदेखि नै गीत गाउँथिन् । बुबा हार्माेनियम बजाएर गीत गाउने र आमा सितार बजाउने भएकाले उनको बाल्यकाल सांगीतिक वातावरणमा बित्यो । टिनएजमा उनको संगीत मोह पपतर्फ मोडियो । घरछेउ हरीश माथेमा गितार बजाएर गीत गाइरहने भएकाले उनी पनि त्यसतर्फ आकर्षित भइन् । पछि जूनेली ब्यान्डकी भोकलिस्टका रूपमा उनी गायनमा सक्रिय भइन् । त्यतिबेला १४–१५ जना केटाको ग्रुपमा उनी मात्र एक्ली केटी थिइन् । गायनलाई नै निरन्तरता दिन काठमाडौं आएकी स्मिताले दीपक जंगमसँग संगीत सिकिन् । रेडियोमा गीत रेकर्डको समय तोकिएकै दिन विराटनगरमा उनको इंगेजमेन्टको साइत जुर्यो । विवाहपछि विभिन्न कारणले संगीतबाट विश्राम लिनुपरे पनि उनी घरमा कविताहरू लेखिरहन्थिन् भने पत्रपत्रिकामा विभिन्न लेख प्रकाशित गरिरहन्थिन् ।
उनले त्यतिबेलादेखि नै पेन्टिङमा समेत हात हालिन् । केही वर्षको विश्रामपछि उनी घरमै किवोर्डमा रियाज गर्न थालिन् भने कला, साहित्यमा समेत अग्रसर भैरहिन् । ५ वर्षअघि एकल एल्बमका साथ संगीतमा पुनरागमन गरेकी स्मृतिले गायनसँगै कला र साहित्यलाई पनि अघि बढाइरहेकी छिन् । उनी अहिले बाल शोषणमा आधारित उपन्यास लेखनमा व्यस्त छिन् जुन नेपाली तथा अंग्रेजी भाषामा एकसाथ प्रकाशित हुनेछ । विवाहपछि धेरैजसो महिला घरभित्रै सीमित हुने भए पनि स्मिता भने आफूभित्रको गायन, कला र साहित्यका तीनवटै पाटालाई बाहिर ल्याउन सफल छिन् । उनले आफ्नो सिडीको बिक्रीबाट आएको रकमले ५ जना बालबालिकालाई पढाइरहेकी छिन् । स्मिता भन्छिन्–‘मानिसले गर्छु भन्ने आँट गर्यो भने ऊ पक्कै सफल हुन्छ ।’