नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।

‘मिसेस नेपाल ग्ल्याम २०१८’का प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट देखाएका छन् । राजधानीको नयाँ बानेश्वर स्थित होटल अर्यालमा आयोजित ‘ट्यलोन्ट शो’मा प्रतियोगीले नृत्य, गायन, अभिनय र वक्तृत्वकला लगायत बिषयमा आ–आफ्नो ट्यालेन्ट देखाएका हुन् ।
अभिनेता रमित ढुङ्गाना, निर्देशक सुमन दाहाल, संगीतकार सरोज प्याकुरेल, मिस नेपाल इन्टरनेसनल २०१५की बिजेता परिकल्पना राईलगायत निर्णायक रहेको ट्यालेन्ट राउण्डमा मोना भट्टराई, गिता परियार, अंकिता शाह, गौरी भुजेल, ज्योती सापकोटा, रोजी खड्का, कल्पना आचार्य लगायत ३५ जनाले सहभागीता जनाएका थिए ।
विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भबिष्य सुधार्ने उदेश्य प्रतियोगीताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लीका आशिष मिश्रले बताए । आगामी २० गते राष्ट्रिय नाचघर जमलमा अन्तिम प्रतिस्पर्धा हुने छ ।