Successfully Copied

मिस ग्लोब इन्टरनेसनल क्रान्तिशिखा

यसै साता राजधानीमा सम्पन्न ‘मिस ग्लोब इन्टरनेसनल नेपाल २०१८’को उपाधि क्रान्तिशिखा धितालले हासिल गरेकी छिन् । उनले वेष्ट पर्सनालिटी विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाएकी थिइन् ।

यसै साता राजधानीमा सम्पन्न ‘मिस ग्लोब इन्टरनेसनल नेपाल २०१८’को उपाधि  क्रान्तिशिखा धितालले हासिल गरेकी छिन् । उनले वेष्ट पर्सनालिटी विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाएकी थिइन् ।

प्रतियोगिताको फस्ट रनर अप ओसियन प्रधानले बाजी मारिन् भने निर्जला अधिकारीले सेकेन्ड रनर अपमा कब्जा जमाइन् । ओसियनले वेष्ट फिगरको उपाधि पनि हात पारेको सो स्पर्धामा निर्जलाले क्याटवाक, ट्यालेन्ट र फोटोजेनिक विधा गरी ह्याट्रिक गरिन् । थर्ड रनर अप तर्फ रिना बोमजन छनौट भएकी थिइन् । उनले कन्फिडेन्ट विधाको अवार्ड पनि उचालिन् ।

यमुना विष्टले भने पपुलर विधाको ताज पहिरिन सफल भइन् । यस बाहेक उनी स्पीच, फेसबुक च्वाइस र भिअर च्वाइस विधातर्फ पनि विजयी बनिन् । १४ जना प्रतिस्पर्धी रहेको सो प्रतियोगिता स्टार वन् इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको थियो ।  

 Image