Successfully Copied

सन्तान प्राप्त र महिलाको यौनिकता

मैले घरमै शिशु जन्माएकी हुँ । शिशुको जन्मपछि मेरो योनिमार्ग केही खुकुलो भएको महसुस गरेकी छु । यसलाई कसिलो बनाउन मिल्छ भन्ने सुनेकी छु ।

 

म २४ वर्षकी गृहिणी हुँ । हाम्रो एक सन्तान छ । मैले घरमै शिशु जन्माएकी हुँ । शिशुको जन्मपछि मेरो योनिमार्ग केही खुकुलो भएको महसुस गरेकी छु । यसलाई कसिलो बनाउन मिल्छ भन्ने सुनेकी छु । वास्तविकता के हो अनि यो कहाँ गर्न सकिन्छ ?

                    -  र.

प्रसवपछि योनिमार्ग केही खुकुलो हुनु स्वभाविक हो । अझ घरमै प्रसव गराउँदा शिशु जन्मने क्रममा योनिमार्गको तल्लो भाग केही च्यातिएको हुन सक्छ । यस्तो च्यातिएको अवस्थामा च्यातिएको भागलाई सेकेन्डरी सुचर अर्थात् सिलाएर मिलाउन सकिन्छ । सामान्य खुकुल्लो भएको अवस्थामा पनि यसरी नै सिलाएर वा अवस्था हेरेर पोस्टेरियर कल्पोराफी गरेर केही कसिलो बनाउन सकिन्छ ।

यस्तो किसिमको सिलाइ अवस्था हेरेर लोकल ऐनेस्थेसिया अर्थात् सिलाउने ठाउँमै नदुख्ने सुई लगाएर पनि गर्न सकिन्छ । पोस्टेरियर कल्पोराफी गर्न स्पाइनल एनेस्थेसिया वा जेनेरल ऐनेस्थेसिया दिनुपर्ने हुन सक्छ, त्यसैले राम्रो शल्यकक्ष भएको अस्पतालमा सम्पर्क राख्नुहुन अनुरोध छ ।

                                                                                     स्त्री तथा प्रसूति रोग विशेषज्ञ,

                                                                                      मोरङ सहकारी अस्पताल

 Image