Successfully Copied

बदलिँदो मौसम र सौन्दर्य

जाडो महिनामा छालाको स्याहार गर्न हामी जति सचेत हुन्छौं, गर्मी महिनाको सुरुवातसँगै हावा–हुरी चल्ले हुँदा छालाको बढी हेरचाह गर्नुपर्छ । यो मौसममा छाला रुखो वा सुख्खा हुने, फुट्ने, छालाको चमक हराएर फुस्रो देखिने आदि समस्या सिर्जना हुन थाल्छन् ।

जाडो महिना सकिएपछि हावा–हुरीको मौसम सुरु हुन्छ । जाडो महिनामा छालाको स्याहार गर्न हामी जति सचेत हुन्छौं, गर्मी महिनाको सुरुवातसँगै हावा–हुरी चल्ले हुँदा छालाको बढी हेरचाह गर्नुपर्छ । यो मौसममा छाला रुखो वा सुख्खा हुने, फुट्ने, छालाको चमक हराएर फुस्रो देखिने आदि समस्या सिर्जना हुन थाल्छन् । जाडो महिनामा भन्दा हावा–हुरीको मौसममा छालाको स्याहारमा विशेष ध्यान दिनु आवश्यक हुन्छ किनभने हावा–हुरीले छालालाई अप्रत्यक्ष रूपमा असर गर्छ ।

गर्मी मौसमको सुरुवात भएकाले जाडो महिनामा जस्तो छालाको सुरक्षाका लागि पूरै शरीर ढाक्ने कपडा, पन्जा, मोजा, जुत्ता आदि लगाइँदैन जसले गर्दा हावा सीधै छालामा परेर छालाको कोमलता एवं चमक हराउँछ । कोल्ड क्रिम वा मोइस्चराइजर प्रयोग गरे पनि २–३ घन्टामै छाला सुख्खा हुन थाल्छ । त्यसैले मौसम परिवर्तनसँगै केही कुरामा ध्यान पुर्‍याएर छालाको स्याहार गर्नुपर्छ ।

**    दैनिक छालाको सरसफाइ तथा हेरचाह गर्न नयाँ तालिका बनाउने । राति सुत्नुपूर्व नियमित छालाको प्रकारअनुरूप क्लिन्जरले अनुहार सफा गरी टोनर लगाउने र प्रशस्त नरिसमेन्ट तथा मोस्चराइजरयुक्त क्रिम लगाएर सुत्ने । दिनहुँ बिहान छाला सफा गरी छालाअनुसारको फेसवास वा क्लिन्जरले अनुहार सफा गर्नेबित्तिकै मोइस्चराइजर तथा सनब्लक लोसन प्रयोग गर्नुुपर्छ । प्रत्येक दुुई दिनमा एकपल्ट अनुहारको छालाको मृतकोष हटाउन तथा छालालाई स्वच्छ राख्न स्क्रव गर्नुपर्छ ।

**    मोइस्चराइजर अनुहारका साथै पूरै शरीरमा लगाउनुपर्छ । यसले छाला मुलायम राख्नुका साथै त्यसलाई फाट्नबाट जोगाउँछ ।

**   बाहिर निस्कनुभन्दा आधा घन्टाअघि सनब्लक लगाउनुपर्छ । सनब्लकले घामबाट मात्र होइन हावाबाट पनि छालालाई सुरक्षा प्रदान गर्छ ।

**    हावा–हुरीमा निस्कनुपर्ने छ भने पेट्रोलियम जेली लगाउनुपर्छ । यसले छालाको मोइस्चरभित्रै लक गर्नुका साथै छालालाई हावाको असरबाटसमेत जोगाउँछ । पेट्रोलियम जेलीले हावा–हुरीको मौसममा लामो समय काम गर्छ ।

**    छालाको दैनिक स्याहारसँगै हप्तामा एकपटक विशेष स्याहार अर्थात् विक्ली स्किन केयर गर्नुपर्छ । विक्ली स्किन केयर गर्दा छालाअनुसार क्लिन्जिङ गरिसकेपछि ३ देखि ५ मिनेट स्क्रव गर्नुपर्छ भने आफ्नो छालाअनुसार राम्रो फेसप्याक फ्रुट्स, मुल्तानी माटो, चन्दन आदिको प्याक लगाउन सकिन्छ । थ्रिडी रेडी टुयुजको लाजिन प्याकहरू प्रयोग गर्नु उत्तम हुन्छ । यी प्याक छालाको प्रकृतिअनुसार उपलब्ध हुने हुँदा झन्झटिलो पनि हुँदैन । यसमा प्रशस्त नरिसमेन्ट, कोलाजिन तथा मोइस्चराइजर हुन्छ ।

**    छालाको उचित स्याहारका लागि समस्या भएको छालामा १५ दिनको एकपटक तथा सन्तुलित छालाका लागि महिनामा एकपटक दक्ष ब्युटिसियन वा स्किन थेरापिस्टसँग छालाको प्रकृति तथा आवश्यकताअनुसार फेसियल गराउनुपर्छ ।

**    हावाले छालालाई अप्रत्यक्ष असर गर्ने हुनाले त्यसलाई हावाबाट सुरक्षित राख्नुपर्छ । हावा चलेका बेला सकेसम्म बाहिर नहिँड्ने, बाहिर निस्कनैपरे छालाको सुरक्षाका लागि पातलो कपडाले भए पनि पूरै शरीर छोप्ने र अनुहार पनि कुनै पातलो कपडाले छोपेर हिँड्नु उत्तम हुन्छ । गाडी कुर्ने हो भने डाइरेक्ट हावामा नबसी बस स्टपको सेल्टरमुनि बस्नुपर्छ ।

**  यस्तो मौसममा छालाको उचित स्याहार गरी प्रशस्त मात्रामा पानी पिए छालाको सौन्दर्य कायम राख्न सकिन्छ ।

 Image