Successfully Copied

पहिरनमा व्यक्तित्व झल्कनुपर्छ

उनी प्राय:जसो सिम्पल मेकअपमा हिँड्छिन् तर एसेसरिजप्रति भने उनको गहिरो रुचि छ । निरु बजारमा आएका नयाँ एसेसरिज मन पर्नेबित्तिकै खरिद गरिहाल्छिन् ।

एक समय नेपाल टेलिभिजनबाट प्रसारित टेलिसिरियल ‘मेरी बास्सै’ निकै चर्चित थियो । सोही सिरियलमा ठ्यासकुमारीका नामले चर्चित निरु खड्का आज पनि कला क्षेत्रमै सक्रिय छिन् । मनमा लागेका कुरा भनिहाल्ने निरु बजारमा चलेका हरेकजसो फेसनसँग अपडेट हुन्छिन् ।

यद्यपि पहिरनमा आफ्नो व्यक्तित्व झल्कनुपर्छ भन्ने उनको मान्यता छ । प्राय: टिपटप भएर हिँड्न रुचाउने निरुलाई फेसनका हिसाबले गर्मीभन्दा जाडो मौसम प्रिय लाग्छ । जाडोमा धेरै लगाउनु परे पनि आफूलाई स्मार्ट देखाउने खालका पहिरन रोज्ने निरु बताउँछिन् ।

गर्मीमा प्राय: वानपिस लगाउने निरु जाडोमा विभिन्न ब्रान्ड एवं डिजाइनका पहिरन प्रयोग गर्छिन् । औपचारिक कार्यक्रम तथा समारोहमा भने आफ्नो रोजाइमा साडी नै पर्ने उनले बताइन् ।

समयअनुसार बजारमा आएका फेसनेबल पहिरन असाध्यै कम किन्ने निरु प्रयोगका लागि फेसन गर्दिनन् । खड्का भन्छिन्–‘आफूले गरेको फेसनले आफूलाई सहज महसुस हुँदैन भने अरूले राम्रो भने पनि त्यसप्रति मेरो रुचि रहँदैन । फेरि आफूलाई लगाएर हिँड्न सहज हुँदाहुँदै पनि हेर्नेलाई असाध्यै असहज हुन्छ भने पनि म त्यस्तो पहिरन लगाउँदिन ।’

प्राय: विनामेकअप हिँड्ने निरु आफूलाई मेकअप गर्न नआउने बताउँछिन् । उनी प्राय:जसो सिम्पल मेकअपमा हिँड्छिन् तर एसेसरिजप्रति भने उनको गहिरो रुचि छ । निरु बजारमा आएका नयाँ एसेसरिज मन पर्नेबित्तिकै खरिद गरिहाल्छिन् ।

 Image