Successfully Copied

स्मार्ट माल्भिका

आमा भएपछि अझ सुन्दर र स्मार्ट हुँदै गएकी माल्भिका घर–परिवार एवं व्यावसायिक कामका बीच आफ्ना लागि पनि पर्याप्त समय छुट्याउँछिन् । जबसम्म आत्मविश्वास आउँदैन तबसम्म कुनै पनि काम सफल नहुने उनको धारणा छ । माल्भिकाको मुख्य खुबी नै निर्धक्क बोल्न सक्नु र जस्तोसुकै परिस्थितिको

१५ वर्षअघि मिस नेपालको उपाधि जित्ने युवती हुन्–माल्भिका सुब्बा । दर्जनौं मिस नेपालमध्ये २–४ जना मात्र सदाबहार मिस नेपाल मानिन्छन् जसमध्ये प्रमुख मानिन्छिन्–माल्भिका । स्मार्ट, हक्की, निडर एवं समाजमा विद्यमान कुरीतिहरूलाई चिर्न लागिपर्ने माल्भिका समय–समयमा विभिन्न कुप्रथाविरुद्ध आवाज उठाएर पनि चर्चामा आइरहन्छिन् । उनले आफूलाई टेलिभिजन प्रस्तोता, कोरियोग्राफर तथा प्रखर वक्ताका रूपमा समेत अघि बढाउँदै आएकी छिन् ।

जबसम्म बौद्धिकता सुन्दर हुँदैन तबसम्म त्यो व्यक्तिलाई सुन्दर भन्न नमिल्ने उनको तर्क छ । अहिले हिमालयन टेलिभिजनमा जीवनसाथी कार्यक्रम संचालन गरिरहेकी माल्भिका विभिन्न ब्रान्डको सद्भावना दूत पनि हुन् । आमा भएपछि अझ सुन्दर र स्मार्ट हुँदै गएकी माल्भिका घर–परिवार एवं व्यावसायिक कामका बीच

आफ्ना लागि पनि पर्याप्त समय छुट्याउँछिन् । जबसम्म आत्मविश्वास आउँदैन तबसम्म कुनै पनि काम सफल नहुने उनको धारणा छ । माल्भिकाको मुख्य खुबी नै निर्धक्क बोल्न सक्नु र जस्तोसुकै परिस्थितिको सहजै सामना गर्नसक्नु हो ।

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

तस्बिर : महेश प्रधान

पहिरन : रमिला नेमकूल

कासा, पाटनढोका

मेकअप तथा हेयर : श्रद्धा मास्के

लोकेसन : दि एक्जिबिट स्टुडियो, पुल्चोक

 Image