Successfully Copied

ढकमक्क फुल्ने स्वस्थानी फूल

स्वस्थानी फूल चहकिलो सुन्तला रंगको, सुन्तला रातो अनि गाढा सुन्तला रंगको गरी तीन रंगमा फुल्छ । यो फूलमा सुगन्ध हुँदैन भने फल हरियो रंगको हुन्छ अनि फल पनि सुगन्धरहित हुन्छ । हमिङ बर्ड जुन संसारकै सबैभन्दा सानो चरा हो, यो फूलप्रति निकै आकर्षित

कतै स्वस्थानी फूल त कतै सुन्तला फूल त कतै अन्य नामले चिनिने यो फूलको खासै नेपाली नाम भने छैन । यो फूल अंग्रेजीमा फ्लेम भाइन नामले परिचित छ । यो फूल हिउँदमा फुल्छ । यो बगैंचा, घर तथा कौसी, भित्ता तथा रुखहरूमा फैलिएर सुन्तला रंगमा ढकमक्क फुल्ने सौन्दर्य प्रदायक फूल हो ।

यो लहरे फूल राम्रोसँग हुर्कने स्वभावको हुन्छ । बढ्ने ठाउँसँगै सहारा वा टेको पाएको अवस्थामा यो राम्रोसँग झाँगिन्छ । छिटो बढ्ने र धेरै लामो लहरा हुने यो फूललाई व्यवस्थापन गर्न भने केही कठिन हुन्छ । हिउँदमा फुल्ने यसको रंग र फुलले हरेकलाई आनन्द प्रदान गर्छ । घाम लाग्ने र आंशिक रूपमा छहारी मन पराउने यो फूल ८ देखि १२ मिटरसम्म फैलन्छ तसर्थ यसलाई टेको वा आड भने अनिवार्य दिनुपर्छ ।

स्वस्थानी फूल चहकिलो सुन्तला रंगको, सुन्तला रातो अनि गाढा सुन्तला रंगको गरी तीन रंगमा फुल्छ । यो फूलमा सुगन्ध हुँदैन भने फल हरियो रंगको हुन्छ अनि फल पनि सुगन्धरहित हुन्छ । हमिङ बर्ड जुन संसारकै सबैभन्दा सानो चरा हो, यो फूलप्रति निकै आकर्षित हुन्छ ।

सदाबहार, नरम काण्ड अनि लामो लहराका रूपमा बढ्ने यो फूल प्राय: जाडो मौसम त कतै–कतै वसन्त ऋतुमा फुल्छ । ट्युब आकारको यो फूल ६–७ सेन्टिमिटर लामो हुन्छ भने फुल्दा हाँगाको टुप्पामा गुच्छाजस्तो देखिन्छ । यसको पात गाढा हरियो र पातको अन्ततिर एक प्रकारको मुन्टा हुन्छ जसले कुनै आड लिने वस्तुलाई समात्छ ।

उत्पत्ति : यो फूलको उत्पत्ति ब्राजिल, अर्जेन्टिना तथा पराग्वेको उत्तरी भागबाट भएको हो ।

हावापानी तथा माटो : अम्लीय र क्षारीय दुवै प्रकृतिको माटोमा सप्रने यो फूल फुल्दा सुक्खा र कम चिस्यान भए पनि हुन्छ भने यसको वृद्धिका लागि भने पर्याप्त चिस्यानको आवश्यकता पर्छ । यतिबेला यसका लागि सापेक्षित आद्र्रता र तापक्रमसमेत उच्च हुनुपर्छ । पानी नजम्ने, प्रशस्त प्रांगारिक पदार्थ भएको माटोमा यसको राम्रो विकास हुन्छ । यो फूलका लागि चिम्टैलो तथा दोमट माटो उपयुक्त मानिन्छ ।

वानस्पतिक प्रसारण : यो प्रजातिको फूलको प्रसारण प्राय: नरम काण्डलाई कटिङ गरी गरिन्छ । करिब २० देखि ३० सेन्टिमिटरसम्मको हाँगामा प्रशस्त मात्रामा अन्तरगाँठो हुनुपर्छ । कटिङ गरिएको हाँगालाई यसको सुषुप्तावस्था भनिन्छ । जब यसको पात झर्न सुरु गर्छ त्यही नै यसको सुषुप्तावस्था हो । यही बेला कटिङ गरी रोप्दा नयाँ बिरुवा प्राप्त गर्न सकिन्छ । यसरी बिरुवा रोपिएको पहिलो वर्ष खासै फूल फुल्दैन भने दोस्रो वर्षदेखि राम्रोसँग फूल फुल्छ ।

सिंचाइ : बिरुवालाई काटेर रोपेको केही समय चिस्यान हुनु जरुरी छ भने फूल फुल्नु अगाबै सिंचाइ गर्नुपर्छ । वर्षापछि यसको वृद्धि–विकास केही रोकिन्छ अनि फूल फुल्ने क्रम सुरु हुन्छ । यतिबेला बोटको वृद्धि विकास हुँदैन ।

प्रयोग : यसको खेती विशेष रूपमा सौन्दर्यका लागि गरिन्छ भने कतै बारबन्देजका रूपमा वा फूल प्रयोग गर्ने हिसाबले समेत गरिन्छ । धेरै ठाउँ लिने हुँदा नेपालमा भने यसको व्यावसायिक खेती गरिएको पाइँदैन । यसलाई जमिन ढाक्ने कभर क्रपका रूपमा समेत प्रयोग गरिन्छ्र । त्यस्तै रक गार्डेनमा समेत यसको प्रयोग हुन्छ्र ।

 Image