Successfully Copied

चिसोमा खानेकुरा र रहनसहनमा सावधानी

जाडोमा तातो झोल बढी खानुपर्छ । जाडोमा चिसो पदार्थ भरसक खानुहुँदैन । जाडोमा खाइने गहतको दालले रक्तअल्पताको समस्या समाधान गर्छ । जाडोमा सुदूरपश्चिमतिर गहत तथा मासको दाल खाने चलन छ । यसले स्वाद फेर्नुका साथै शारीरिक शक्ति पनि उत्तिकै बढाउँछ । धेरैजसोले जाडोमा

जाडोमा बालबालिका एवं बूढाबूढीहरू बढी सावधान हुनुपर्छ । त्यसमा पनि अहिले धूलो, धूवाँले गर्दा हरेक व्यक्तिलाई रुघाखोकी तथा श्वासप्रश्वासको समस्या हुन्छ । हिमाली भूभाग तथा सुदूरपश्चिममा महिलालाई छाउपडी समस्या भएकाले त्यस भेगका सुत्केरी महिलालाई बढी समस्या पर्छ । जाडोमा भर्खरै जन्मिएका शिशुको मृत्युदर पनि बढी नै हुन्छ । काठमाडौंमा धेरै सुविधा भएर पनि प्रदूषित वातावरणका कारण रोगसँग लड्ने शक्ति कम भएकाले विभिन्न समस्या सिर्जना हुन्छन् ।

कतिपय पार्टीमा जाँदा पातलो लुगामै जाने, कोट, ज्याकेट लगाउँदा पहिरन छोपिन्छ भनेर कामेरै त्यस्ता पार्टीमा सहभागी हुनेहरू प्रशस्तै छन् जसका कारण घाँटी दुखेर ज्वरो आउने समस्या देखा पर्छ ।

जाडोमा तातो झोल बढी खानुपर्छ भने  चिसो पदार्थ भरसक खानुहुँदैन । जाडोमा खाइने गहतको दालले रक्तअल्पताको समस्या समाधान गर्छ । जाडोमा सुदूरपश्चिमतिर गहत तथा मासको दाल खाने चलन छ । यसले स्वाद फेर्नुका साथै शारीरिक शक्ति पनि उत्तिकै बढाउँछ । धेरैजसोले जाडोमा कागती खायो भने घाँटी दुख्छ भन्छन् तर त्यो गलत हो । कागतीमा हुने भिटामिन सी एवं सूक्ष्म पोषण तत्वले रुघाखोकीबाट जोगाउँछ । अहिले घाममा बस्ने चलन पनि हराउँदैछ भने २५–३० वर्षका युवतीहरूले पनि जिउ कटकटी दुख्यो भन्छन् ।

त्यसको प्रमुख कारण भिटामिन डीको कमी हो । २० प्रतिशत भिटामिन डी खानाबाट प्राप्त हुन्छ भने ८० प्रतिशत सीधा घामबाटै पाइन्छ । त्यसका लागि १५ देखि २० मिनेट सीधै घाममा बस्नुपर्छ । अहिले जंक फुडले गर्दा धेरैलाई कब्जियतको समस्याले सताइरहेको छ । गर्भवती महिलालाई कब्जियत छ भने पाठेघर खस्ने समस्यासमेत हुनसक्छ । जाडोमा रुघाखोकी एवं ज्वरो छ भने घरमै आराम गर्नुपर्छ । लेमन टी, सुप, कागती, कालो मरिच पानी, तातोपानी खाएर सूक्ष्म जीवाणु कम गर्न सकिन्छ । रुघाखोकी छ भने तातोपानीमा खुट्टा चोबेर, तोरीको तेल एवं सुतीको मोजा लगाई न्यानो पारेर सुत्नुपर्छ । चिसोमा मुख्यत: टाउको तथा खुट्टालाई बढी न्यानो राख्नुपर्छ ।

चिसोबाट जोगिन के खाने ?

हाम्रो भान्सामै हुने दाल, आलु, विभिन्न तरकारी, धनियाँ आदिलाई काटेर प्रेसरकुकरमा ज्वानो, मेथी फुराइएको झोल पकाएर खान सकिन्छ । त्यसमा माथिबाट धनियाँ र कागतीको रस हालेर खाँदा जिउ तातो हुनुका साथै चिसोबाट जोगिन मद्दत मिल्छ । कागती पानीमा मह वा सख्खर हालेर खाइरहने ।

उमालेको पानी वा दूधमा बेसार तथा मरिच हालेर राति सुत्ने बेला एक–एक गिलास पिउने ।

बालबालिकाहरूको खानामा हरियो सागपात समावेश गर्दै अलिकति कागती मिसाएर घिउ झान्ने ।

गहतलाई पानीमा भिजाएपछि राम्रोसँग पिसी सुप बनाएर खाने ।

गहतलाई भुटेर, पिसेर आटाजस्तो बनाएर पुन: भुटेर पानी, नुन तथा इच्छानुसारका मरमसलाहरू हालेर सुप तयार गर्न सकिन्छ । जाडोमा हप्ताको एक–दुई पटक गहतको दाल खानुपर्छ ।

यो समयमा टुसा उमारेका गेडागुडी पनि उपयुक्त हुन्छन् । कुनै पनि गेडागुडीलाई टुसा उमारेर क्वाँटी बनाएर खाँदा त्यसमा भएको भिटामिन २ सय गुणाले वृद्धि हुन्छ ।

जाडोमा हरियो तरकारीलाई दैनिक खानामा समावेश गर्नुपर्छ । हरियो सागले कब्जियत हुन दिँदैन ।

भिटामिन सी प्रशस्त मात्रामा हुने अमलालाई दैनिक खानामा प्रयोग गर्नुपर्छ । अमलालाई दालमा हाल्दा पनि हुन्छ । अमला प्रशस्त छ भने त्यसलाई स–साना टुक्रा पारी घाममा सुकाएर सुपारीजस्तो बनाएर खान सकिन्छ ।

खोकीले प्राय: सबैलाई सताउँछ । खोकी गर्मी – जाडो दुवै मौसममा लाग्छ । खोकी लाग्ने विभिन्न कारण हुन्छन् । खोकी सामान्य समस्यामा पनि लाग्छ भने गम्भीर रोगको लक्षणका रूपमा पनि देखापर्न सक्छ । सामान्यतया खोकी लागेको अवस्थामा हामीले केही खानेकुरामा ध्यान दिने हो भने यो चाँडै निको हुन्छ । खोकी लागेको अवस्थामा खान नहुने केही खानेकुरा छन् ।

जंक फुड

जाडोमा खोकी लागेका बेला जंक फुड खानुहुँदैन । जंक फुडले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ ।

तारेका खानेकुरा

खोकी लाग्दा तारेका खानेकुरा खाँदा अझ बढी खोकी लाग्छ । खानेकुरालाई लामो समय फ्राई गर्दा एक्रोलिन नामक तत्व उत्पन्न हुनुका साथै त्यसले खोकी लाग्ने तथा घाँटी दुख्ने कारक तत्वलाई सक्रिय तुल्याउँछ ।

चिसो पदार्थ

आइसक्रिम तथा चिसो पेय पदार्थले घाँटीको संक्रमण हुन्छ । टन्सिल तथा घाँटी दुख्ने समस्या भएकाहरूले चिसो पेय तथा फ्रिजबाट सीधै निकालिएको खाना परित्याग गर्नु नै उपयुक्त हुन्छ ।

 Image