पिल्सका सम्बन्धमा
सन्तान हरेक दम्पतीको चाहना मात्र नभएर आवश्यकता पनि हो । तर आवश्यकता भन्दैमा धेरै र जहिले पनि आवश्यक नहुन सक्छ । जन्मान्तर तथा सन्तानको संख्या व्यवस्थापन आवश्यक हुन्छ ।
                            
              
सरिता खाइजु 
प्रसूति तथा स्त्री रोग विशेषज्ञ, ह्याम्स अस्पताल 
पाठेघरको मुखको क्यान्सर के हो ? 
यो स्तन क्यान्सरपछि दोस्रो  धेरै हुने क्यान्सर हो । यसलाई ‘सर्भाइबल क्यान्सर’ भनिन्छ । यो विशेषगरी  एसपीपी डिएनए भाइरसका कारणले हुन्छ । 
क्यान्सर हुने कारण के हुन् ? 
मुख्य  कारण भाइरस नै हो । भाइरस हुँदैमा क्यान्सर हुने सम्भावना हुँदैन । तर  लामो समय भाइरस रहिरह्यो भने क्यान्सरको सम्भावना बढी हुन्छ । शारीरिक  सम्बन्ध भइसकेका महिलालाई मात्र यो क्यान्सर हुने गरेको छ । भाइरससँगै अन्य  कारणमा मद्यपान र धूम्रपान हो । यसका साथै असुरक्षित यौन सम्पर्क गर्ने र  एचआइभी संक्रमण भएका महिलामा यो क्यान्सर बढी देखिन्छ । 
क्यान्सरसम्बन्धी जनचेतना कत्तिको छ ?  
सहरी  क्षेत्रमा जनचेतना बढ्दो छ । समय–समयमा परीक्षण गरी आफ्नो स्वास्थ्यको  जानकारी लिने अवस्था छ । यसका लागि समय–समयमा एसपीपी डिएनए, प्याट टेस्ट  गराइरहेको अवस्था छ । तर ग्रामीण भेगमा भने महिलामा समस्या नभएसम्म  स्वास्थ्य परीक्षण गराउने चलन छैन । लजाउने वा  रोग लुकाउने परम्पराले  क्यान्सर बढ्ने सम्भावना रहन्छ । 
यसका लक्षणहरू के–के हुन् ? 
व्यक्तिपिच्छे  यसका लक्षण फरक हुन्छन् । सबैलाई एकैप्रकारको लक्षण हुन्छ भन्न सक्ने  अवस्था हुँदैन । कतिपय अवस्थामा लक्षणबिना नै क्यान्सर देखिन्छ । यसका  मुख्य लक्षणहरूमा सेतो पानी र महिनावारीमा बढी रगत बग्ने हुन्छ । 
कुन उमेर समूहकालाई बढी देखिएको छ ? 
यो  यौन सम्पर्क भएका महिलामा मात्रै देखिने क्यान्सर हो । जुनसुकै उमेर  समूहका महिलालाई संक्रमण देखिन्छ । ४०, ५० देखि ६५ वर्षका महिलालाई यो  क्यान्सर बढी देखिएको छ । 
रोकथामका उपाय के हुन सक्छन् ? 
यसलाई  पूर्णरूपमा रोकथाम गर्न सकिँदैन । तर समयमै स्वास्थ्य परीक्षण गराए केही  हदसम्म रोक्न सकिन्छ । जति चाँडो परीक्षण भयो, त्यति छिटो निर्मूल पार्न  सहज हुन्छ ।
क्यान्सर भएपछि पनि बच्चा जन्माउने सम्भावना हुन्छ ?  
यसमा  क्यान्सरको अवस्था हेरेर योजना बनाउन सकिन्छ । सुरुवात छ भने पाठेघरको  मुखलाई थोरै काटेर (लिप मार्फत) बच्चा बनाउन सकिन्छ । यो उपचार  पद्धतिमार्फत पाठेघर नै नफाली निरन्तर परीक्षणमार्फत बच्चा जन्माउन सकिन्छ ।