Successfully Copied

जाडोका समस्याबाट जोगिन

कतिपय अवस्थामा रुघाखोकी ६ देखि १० दिनमा निको हुन्छ । निको नभए आफै औषिध सेवन गर्नुभन्दा पनि चिकित्सकको सल्लाह लिनुपर्छ ।

    जाडोमा बिहानको चिसोमा हिँडडुल गर्नुपरे न्याना पहिरनका साथै टोपी लगाएर निस्कनु उपयुक्त हुन्छ ।

    कतिपय अवस्थामा रुघाखोकी ६ देखि १० दिनमा निको हुन्छ । निको नभए आफै औषिध सेवन गर्नुभन्दा पनि   चिकित्सकको सल्लाह लिनुपर्छ ।

    मुटु रोगीलाई हर्टएट्याक हुने सम्भावना प्रबल हुने भएकाले सतर्क रहनुपर्छ । महिलामा मेनोपजपछि (नछुने सुकेपछि) मुटु रोग देखा पर्न सक्छ ।

    मधुमेह तथा रक्तचाप नियन्त्रणमा राखे मुटु रोगबाट जोगिन सकिन्छ । यसैगरी कोलस्ट्रोल पनि नियन्त्रणमा राख्नुपर्छ । धेरै चिल्ला खानेकुरा सेवन गर्नुहुँदैन ।

    अण्डाको पहेंलो भाग हप्तामा २–३ पटक मात्र खानुपर्छ ।

    हल्का व्यायाम गर्नुका साथै नियमित रूपमा ४५ देखि १ घन्टासम्म लम्केर हिँड्नुपर्छ ।

    दमका रोगीहरूले आफूलाई एलर्जी हुने कुराबाट टाढै रहनुपर्छ ।

    तौल नियन्त्रण गरे पक्षाघात तथा हृदयाघात दुवैबाट जोगिन सकिन्छ ।

    सीधै फ्रिजबाट झिकेर चिसो खानेकुरा नखाई ताता खानेकुरा खाने ।

    मनतातो पानी एवं सुप आदि झोल पदार्थ बढी सेवन गर्ने ।

 Image