Successfully Copied

फेसनमा स्टाइलिस्ट स्वेटर तथा बुट

एक समय थियो, जाडो मौसममा शरीरलाई न्यानो राख्न जस्तोसुकै पहिरन लगाइन्थ्यो । मोटो देखिए पनि, जिउमा नसुहाए पनि । यद्यपि अहिले भने मानिसको रोजाइ, सोचाइ, चाहना र समयमा परिवर्तन आएको छ । विशेष गरी युवापुस्तालाई जाडोमा न्याना पहिरन भएर मात्र पुग्दैन । हेर्दा

जाडोमा स्टाइलिस देखिन नसकिएला कि भन्ने चिन्ता धेरै फेसनप्रेमीमा हुन्छ, तर फेसन र एसेसरिजको तालमेलले जाडो मौसममा समेत ग्ल्यामरस एवं स्टाइलिस देखिन सकिन्छ । जाडोमा विभिन्न डिजाइनका स्टाइलिस कोट वा ज्याकेट लगाउन सकिन्छ । ज्याकेटले बाहिरी सुन्दरता मात्र होइन, भित्री व्यक्तित्वसमेत झल्काउँछ ।

एक समय थियो, जाडो मौसममा शरीरलाई न्यानो राख्न जस्तोसुकै पहिरन लगाइन्थ्यो । मोटो देखिए पनि, जिउमा नसुहाए पनि । यद्यपि अहिले भने मानिसको रोजाइ, सोचाइ, चाहना र समयमा परिवर्तन आएको छ । विशेष गरी युवापुस्तालाई जाडोमा न्याना पहिरन भएर मात्र पुग्दैन । हेर्दा सुन्दर र आकर्षक देखिनुपर्छ भन्ने कुरा पनि उनीहरूको प्राथमिकतामा पर्छ । चिसोबाट जोगिनुका साथै साथीभाइमाझ होस् वा कार्यालयमा आफूलाई स्टाइलिस लुक दिन युवापुस्ता सचेत छ । जाडोमा पनि फेसनेबल रूपमा हिँड्न रुचाउने फेसनपारखीहरूका लागि अहिले अनेकन विकल्प उपलब्ध छन् ।

काठमाडौंका चोक, गल्ली तथा सडकका बजारमा फेसनेबल लुक्समा ठाँटिएर हिँड्ने युवायुवती धेरै छन् । मौसमअनुसार बजारको फेसन ड्रेन्ड के छ ? भन्ने चासो लिएर हिँड्ने तन्नेरी पनि उत्तिकै छन् । लङ बुट, जिन्स पाइन्ट, ज्याकेट वा कोट, ऊनी स्वेटर, पंचु, कलरफुल मफलर, पञ्जा, टोपी आदिको सहयोगले जाडोलाई स्टाइलिस बनाउन सकिन्छ । जाडोमा भुवादार ज्याकेट, कोट, ऊनी स्वेटर, फिटिङ जिन्स घुँडासम्म आउने बुट आदि लगाएर हिँड्दा युवतीहरू निकै स्मार्ट तथा स्टाइलिस देखिन्छन् । आफूले लगाएको पहिरनसँग रंग मिलाएर टोपी, मफलर तथा पञ्जा लगाउँदा उनीहरू थप आर्कषक देखिन्छन् । जाडोमा हाइनेक बाहिर पंचु वा डिजाइनर स्वेटर लगाउँदा पनि राम्रो देखिन्छ ।

गर्मीको तुलनामा जाडो महिनामा कपडाको व्यापार बढी हुने मंगलबजार स्वेटर हाउसकी सीमा अमात्य बताउँछिन् । १० वर्षदेखि स्वेटर हाउस संचालन गर्दै आएकी सीमाका अनुसार गर्मीका पहिरनको तुलनामा जाडोका पहिरन केही महँगा हुन्छन् । अहिले बाक्लाभन्दा पनि हेर्दा पातला तर न्याना डाउन ज्याकेट, फेदर ज्याकेट, पंचु तथा लङ आउटर कोट धेरैले रुचाइरहेका छन् ।’

नेपाल ऊल हाउस भोटाहिटीका प्रोपाइटर ज्ञानेन्द्ररत्न तुलाधरले भने युवापुस्तामा पंचुको फेसन लोकप्रिय बन्दै गएको बताए । सल ओड्न झन्झट मान्नेहरूका लागि पंचु एकदमै राम्रो विकल्प हो । मोटो शरीर भएकाहरूका लागि त पंचु अझ बढी उपयोगी हुन्छ । यसले मोटो शरीर छोपिन्छ । तुलाधरका अनुसार पंचु कम्फर्टेबल, अफोर्डेबल तथा फेसनेबल भएका कारण बढी रुचाइएको हो ।

१ हजार रुपैयाँदेखि ६–७ हजारसम्म पर्ने पंचु बजारमा उपलब्ध छन् । ऊनका साथै पस्मिनाका पंचु धेरैले रुचाउने तुलाधरले बताए । अहिले रंगीबिरंगीभन्दा सादा पंचु बढी चलेका छन् । पंचुलाई स्टाइलिस लुक दिन र्‍याप गरेर, डबल फोल्ड गरेर, बटन राखेर तथा थप न्यानो तुल्याउन टोपीसमेत राखेर तयार पारिएको लक्ष्मी पश्मिना हाउसका राजेश श्रेष्ठ बताउँछन् । अफिस एवं विभिन्न कार्यालयमा काम गर्ने युवतीहरू कोट–पाइन्टमा चिटिक्क परेका देखिन्छन् । अहिले फिटिङ पाइन्टसँगै ओभरकोटको फेसन पनि त्यत्तिकै चल्तीमा छ । युवाहरू पनि मौसमअनुसारको फेसनमा कम देखिँदैनन् । आकर्षक देखिन उनीहरू स्टाइलिस्ट कोट– पाइन्ट लगाउँछन् । कोटले फिगर पनि आकर्षक देखाउँछ ।

बानेश्वर थापागाउँस्थित दिपाज् कलेक्सनमा पनि ग्राहकको मागअनुसारका ब्रान्डेड ऊनी स्वेटरहरू राखिएका छन् । कलेक्सनकी प्रोपाइटर दीपाका अनुशार अहिले हेर्दा मेसिनले बुनेको जस्तो देखिने ह्यान्ड मेड स्वेटरको माग बढ्दो छ । ट्ेरडिसनलमा फ्युजन स्वेटरहरू धेरैले रुचाएको उनको अनुभव छ । ऊलनको कोटजस्तो स्वेटर पनि युवापुस्ताको रोजाइमा परेको छ । कोटी फिटिङ जिन्स बुटसँग लगाउँदा निकै आकर्षक देखिन्छ । यी कोटी बुटमा लगाउँदा क्याजुअल एवं फर्मल सुजमा लगाउँदा फर्मल देखिन्छन् ।

जाडोमा स्टाइलिस देखिन नसकिएला कि भन्ने चिन्ता धेरै फेसनप्रेमीमा हुन्छ, तर फेसन र एसेसरिजको तालमेलले जाडो मौसममा समेत ग्ल्यामरस एवं स्टाइलिस देखिन सकिन्छ । जाडोमा विभिन्न डिजाइनका स्टाइलिस कोट वा ज्याकेट लगाउन सकिन्छ । ज्याकेटले बाहिरी सुन्दरता मात्र होइन, भित्री व्यक्तित्वसमेत झल्काउँछ । दुब्लो शरीर भएकाहरूले सकेसम्म फिटिङ पहिरन लगाउँदा सुन्दर देखिन सहयोग मिल्छ । गर्मीमा जस्तो हट डिजाइन जाडोमा लगाउन नसकिए पनि पृथक् लुक दिन सकिन्छ ।

हाइनेक बाहिर विभिन्न डिजाइनका जम्पर लगाउन सकिन्छ । यसले मोटो शरीर भएकाहरूलाई दुब्लो देखाउनसमेत सहयोग पुर्‍याउँछ । अहिले बजारमा लङ स्वेटर, स्वेटर वान पिसअनुसार कलर म्याचिङ गर्न टोपी, मफलर तथा हातमा पञ्जा लगाउने फेसन पनि चलेको छ । अधिंकाश भने छोटो ऊलन स्कर्टमा ऊलन लेगिन्स लगाएर आफूलाई फेसनेबल रूपमा प्रस्तुत गरिरहेका हुन्छन् । फेसन ट्रेन्ड पछ्याउनेहरू अहिले जाडो महिनालाई पनि ‘फेसनेबल सिजन’ कै रूपमा लिन्छन् । यद्यपि न्यानोका साथै आफूलाई फेसनेबल देखाउन केही कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ

बुटको क्रेज

नयाँ बानेश्वर प्लाजास्थित आयुषा कलेक्सनकी मुना थापाका अनुसार जाडो महिनामा न्याना पहिरनका साथै न्याना जुत्तामा समेत युवापुस्ताको आकर्षण बढ्दो छ । ‘हेर्दा आर्कषक र लगाउँदा मज्जाले खुट्टा तात्ने बुट फेसनमा छन् । बुट विवाहित वा अविवाहित सबैको रोजाइमा पर्न थालेको छ । थापाका अनुसार न्याना र हेर्दा आकर्षक देखिने भएकाले स्पन्ज, टिम्बर लेन, सावर तथा लेदर बुट धेरैको रोजाइमा पर्छन् ।

जाडोमा न्यानोका साथै स्टाइलिस्ट देखिने चाहना हरेक फेसनपारखीमा हुन्छ । जाडो भए पनि कतिपय युवतीहरू स्टाइलिस्ट र फेसनेबल देखियोस् भनेर स्कटसहितको लेगिन्स, फर ज्याकेट, फलेट बुट तथा फिटिङ जिन्ससँगै थरीथरीका हेयर स्टाइलमा बुटका विभिन्न भेराइटीका साथ प्रस्तुत हुने गरेका छन् । जाडोमा जिन्स पाइन्ट, चुज पाइन्ट, फिटिङ जिन्स तथा लेगिन्समा लङ बुट, सर्ट बुट, वेज हिल बुट आदि लगाउँदा थप स्टाइलिस देखिन सकिन्छ ।

अहिले सस्तादेखि केही महँगा ब्रान्डेड बुट फेसन पारखीहरूमाझ लोकप्रिय छन् भने अनलाइन सपहरूले पनि विभिन्न मूल्य तथा डिजाइनका बुट आफ्नो अनलाइन डिस्प्लेमा राखेको पाइन्छ । अहिले १ हजार ५ सय देखि १५ हजारसम्मका बुट बजारमा उपलब्ध छन् । बुट टिनएजरदेखि प्लस ४० सम्मकाहरूबीच उत्तिकै रुचाइएको फुटवेयर हो । यसपटक एंकल बुटको माग बढेको दरबारमार्गस्थित मड सुज हाउसका रमेश थापा बताउँछन् । थापाका अनुसार यो सिजनमा भेल्भेट, लेदर एवं सावरका बुटको माग बढी छ ।

 Image