फोटो पत्रकार प्रधानलाई मातृशोक
कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकका फोटोपत्रकार महेशमान प्रधानलाई मातृशोक परेको छ । प्रधानकी ममतामयी आमा लक्ष्मी प्रधानको ७६ वर्षको उमेरमा निधन भएको हो ।
आकर्षक मुस्कान एवं बान्की परेको शरीरकी धनी सकिना चौलागाईं सानैदेखि ठूला शो तथा स्टेजमा आकर्षित हुन्थिन् । दुई दिदी र एक भाइकी धनी २१ वर्षीया सकिना प्लस टु सिध्याएर बसेकी छिन् ।
सानै उमेरमा आत्मविश्वासी देखिने सकिना छोटो अवधिमै टीभीसीमा स्थापित भैसकेकी छिन् । हालसम्म ७ वटा टीभीसी, २ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी सकिना फिचर फिल्मको तयारीमा छिन् ।
मोडलिङमा रुचि राख्ने सकिना पारिवारिक विश्वास र सहयोगले नै युवाहरू अघि बढ्ने र सफलता प्राप्त गर्ने कुरामा विश्वास राख्छिन् । सकिना भन्छिन्–युवाले आफूलाईसफल र सबल तुल्याउन रुचिको क्षेत्रमा इमान्दारीपूर्वक परिश्रम गर्नुपर्छ ।