Successfully Copied

जाडोमा छालाको स्याहार

जाडोमा ओठ तथा अनुहारको छाला फुट्ने, कुर्कुच्चा फुट्ने, हातखुट्टा फुट्ने आदि समस्याले धेरैलाई सताउँछ । यस्ता समस्याबाट जोगिने विभिन्न उपाय छन् ।

    जाडोमा छालामा बढी सुख्खापन देखापर्छ । यस्तो अवस्थामा छालामा विभिन्न समस्या सिर्जना हुन्छन् ।

    जाडोमा ओठ तथा अनुहारको छाला फुट्ने, कुर्कुच्चा फुट्ने, हातखुट्टा फुट्ने आदि समस्याले धेरैलाई सताउँछ ।

    यस्ता समस्याबाट जोगिने विभिन्न उपाय छन् ।

    दूधको तरमा मह मिसाएर राति सुत्नुअघि ओठमा लगाउँदा फुटेको ओठ ठीक हुन्छ ।

    दिनभरिको कामको थकानपछि बेलुका मनतातो पानीमा खुट्टा डुबाएर केहीबेरपछि सफा टाबलले पुछ्ने । सुख्खा भएपछि ग्लिसरिनले हल्का मसाज गर्ने । यसो गर्दा कुर्कुच्चा फुट्दैन ।

  राति सुत्नुअघि हातखुट्टा धोएर ग्लिसरिनमा कागतीको रस मिसाएर लगाउँदा खुट्टा फुटेको बिसेक हुन्छ ।

                             -मञ्जु कार्की, सौन्दर्यकर्मी, ग्ल्यामर ब्युटी स्कुल

 Image