Successfully Copied

ब्रोकाउली क्रिम सुप

ब्रोकाउली १ सय ५० ग्राम, लसुन १ चिया चम्चा, बटर १ चिया चम्चा, नुन स्वादअनुसार, क्रिम ५० मिलिलिटर तथा क्रिम चीज २५ ग्राम ।

सामग्री : ब्रोकाउली १ सय ५० ग्राम, लसुन १ चिया चम्चा, बटर १ चिया चम्चा, नुन स्वादअनुसार, क्रिम ५० मिलिलिटर तथा क्रिम चीज २५ ग्राम ।

विधि : ब्रोकाउलीलाई उसिनेर मिक्सरमा ब्लेन्ड गर्ने । एउटा प्यानमा बटर तताएर गार्लिक चप सोथे गर्ने । त्यसमा ब्रोकाउली हालेर एकछिन पकाउने । सर्भ गर्दा बाउलमा क्रिम चीज बीचमा हाली सुप खन्याउने र त्यसमाथि क्रिम टप गरिदिने ।

डाइनिङ पार्क रेस्टुरेन्ट एन्ड लाउन्ज बार

एक वर्षअघि मध्यबानेश्वरमा संचालनमा आएको डाइनिङ पार्क रेस्टुरेन्ट एन्ड लाउन्ज बार अहिले विजनेस हाउस तथा कर्पोरेट सेक्टरमा लोकप्रिय हुँदैछ । मल्टी किचेन अवधारणामा संचालित डाइनिङ पार्कमा थाई, कन्टिनेन्टल, इन्डियन तथा जापानी परिकार उपलब्ध छन् । यो रेस्टुरेन्टमा ५ सय जना अट्ने ब्यांकेट पनि छ । यो रेस्टुरेन्टमा ८० जनासम्म अट्ने हल, फाइन डाइनिङ, १० वटा प्राइभेट लाउन्ज, गार्डेन एरिया, टेरेस तथा बार छ ।  

 Image