Successfully Copied

सौन्दर्यमा सुगन्धित तेलको जादु

मात्र दुई थोपा रोजबुड नेचुरल तेलको प्रयोगबाट चमत्कारिक प्रभाव अनुभव गर्न सकिन्छ । रोजबुड सधैं हरियो रहने लहरा हो, जुन ब्राजिलमा पाइन्छ । यसको तेलको सुगन्ध निकै कडा हुन्छ । यसलाई नेचुरल एन्टिअक्सिडेन्ट मानिन्छ । यसको परफ्युम वा सुगन्धित तेल प्रयोग गर्न सकिन्छ

टि–ट्रिको बिरुवा अस्ट्रेलियाको समुद्री इलाकामा पाइन्छ । तैलीय र एक्नेयुक्त छालाका लागि यो राम्रो औषधि मानिन्छ । मेकअपपछि र्‍यासेज निस्कन्छ वा पिम्पलको समस्या छ भने टि–ट्रि तेल प्रयोग गर्न सकिन्छ । यसको सुगन्ध कडा हुन्छ । प्रचण्ड गर्मीमा यसले फ्रेस फिल गराउँछ ।

रोजबुड : नेचुरल एन्टिअक्सिडेन्ट

मात्र दुई थोपा रोजबुड नेचुरल तेलको प्रयोगबाट चमत्कारिक प्रभाव अनुभव गर्न सकिन्छ । रोजबुड सधैं हरियो रहने लहरा हो, जुन ब्राजिलमा पाइन्छ । यसको तेलको सुगन्ध निकै कडा हुन्छ । यसलाई नेचुरल एन्टिअक्सिडेन्ट मानिन्छ । यसको परफ्युम वा सुगन्धित तेल प्रयोग गर्न सकिन्छ । बिहान यसको परफ्युम लगाउँदा दिनभरि ताजापनको अनुभूति प्राप्त भैरहन्छ ।

बडी टक्सिन : तौलियामा रोजबुड तेल र तातोपानी स्प्रे गर्ने अनि तौलियालाई शरीरमा बेरेर कम्बलले शरीर छोप्ने । केही समयपछि शरीरका हरेक अंगले श्वास लिइरहेको अनुभव गर्न सकिन्छ । यसबाट शरीरको छाला कोमल हुन्छ ।

स्याम्पु तथा कन्डिसनर : १५ थोपा सुगन्धित तेललाई सुगन्धरहित हर्बल स्याम्पुमा मिसाएर राम्रोसँग घोल्ने । केशमा यो स्याम्पु प्रयोग गरेपछि मन्द–मन्द सुगन्ध अनुभव हुन्छ ।

बडी मसाज : १५ थोपा रोजबुड तेललाई बदाम, जोजोवा र ओलिभ आयलसित मिसाउनुपर्छ । यसलाई राम्रोसँग फिटेर अनुहार तथा शरीरमा मालिस गर्नुपर्छ । यसबाट शरीरलाई ताजापन एवं फुर्ती प्राप्त हुन्छ ।

टिप्स : रोजबुड सुगन्धित तेललाई सधैं डायल्युट गरी प्रयोग गर्नुपर्छ ।

टि–ट्रि आयल–छाला विशेषज्ञ

टि–ट्रिको बिरुवा अस्ट्रेलियाको समुद्री इलाकामा पाइन्छ । तैलीय र एक्नेयुक्त छालाका लागि यो राम्रो औषधि मानिन्छ । मेकअपपछि र्‍यासेज निस्कन्छ वा पिम्पलको समस्या छ भने टि–ट्रि तेल प्रयोग गर्न सकिन्छ । यसको सुगन्ध कडा हुन्छ । प्रचण्ड गर्मीमा यसले फ्रेस फिल गराउँछ । इच्छाअनुरूप टि–ट्रियुक्त बडी वास वा बडी क्रिम प्रयोग गर्न सकिन्छ ।

फुटेको ओठमा : दुई थोपा टि–ट्रि तेललाई एउटा ठूलो चम्चा जोजोवा तेलका साथ आफ्नो कोल्ड क्रिममा मिसाएर फुटेको ओठमा दिनमा दुई पटक प्रयोग गर्नुपर्छ । यसले फुटेको क्युटिकलमा पनि राम्रो काम गर्छ ।

तैलीय छालाका लागि : तीन थोपा टि–ट्रि तेललाई तीन ठूलो चम्चा दही वा जौको पाउडरमा मिसाउने । यसलाई सफा मुहारमा दलेर १० मिनेटपछि मनतातो पानीले सफा गर्ने ।

चम्किलो केशका लागि : बिग्रिएको तथा दुईमुखे केशको उपचारका लागि टि–ट्रि तेल बेस स्याम्पु प्रयोग गर्नुपर्छ । शुद्ध टि–ट्रि तेलको केही थोपा आफ्नो स्याम्पुमा मिसाएर केश धुँदा केश सुन्दर हुन्छ ।

टिप्स : टि ट्रि तेल प्रयोग गर्दा मुखभित्र नजाओस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ, कारण यसको माध्यमबाट टक्सिजन शरीरभित्र जाने सम्भावना हुन्छ । त्यसैले टि ट्रि तेलयुक्त होममेड लिपबामलाई ध्यानपूर्वक प्रयोग गर्नुपर्छ

वीरगामोट–अरोमेटिक हिलर

वीरगामोट तेल इटालीमा पाइन्छ । यसको मिठासपूर्ण र ताजापनयुक्त सुगन्धले मस्तिष्कलाई शीतलता प्रदान गर्छ । यसलाई परफ्युमबाहेक घरेलु उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।

मांसपेशीका लागि : वीरगामोट सुगन्धित तेललाई बडी लोसन वा मसाज तेलमा फिटेर प्रयोग गर्नुपर्छ ।

एक्नेका लागि : आफ्ना लागि घरमै लोसन बनाउनुपर्छ । एलोबेरा जेलमा थोरै वीरगामोट तेल हाल्ने । यसको प्रयोग दिनमा दुई पटक गर्न सकिन्छ । छाला पोल्छ भने यसको प्रयोग गर्नु हुँदैन ।

नुहाउन : अरोमा इफेक्टका लागि नुहाउने पानीमा ५ थोपा वीरगामोट सुगन्धित तेल प्रयोग गर्नुपर्छ । यो तेल टेन्सन र डिप्रेसन हटाउन सहायक हुन्छ ।

टिप्स : यो तेल प्रयोग गर्दा छाला संवेदनशील हुन्छ । अत: घाममा जानुपूर्व सन क्रिम लगाउनुपर्छ ।

लेवेन्डर तेल–मुड बुस्टर

लेवेन्डर तेलबाट थरीथरीका प्राकृतिक उपचार गरिन्छ । यसको सुगन्धले तनमनमा शीतलता प्राप्त हुन्छ । यसबाट तयार परफ्युमले गर्मीमा पनि एक्टिभ र रोमान्टिक बनाउँछ ।

सुगन्धित केश : केशमा सुगन्ध छर्न आफ्नो स्याम्पुमा तीन–चार थोपा लेवेन्डर तेल मिसाउनुपर्छ । केशको डल्लोमा लेवेन्डर तेलको केही थोपा हालेर हेयर ब्रसले केश कोर्नुपर्छ ।

सेन्सेटिभ छाला : छालामा कुनै प्रकारको रिएक्सन हुन्छ वा छाला सेन्सेटिभ छ भने लेवेन्डरयुक्त क्लिन्जर प्रयोग गर्नुपर्छ । हर्बल क्लिन्जरमा केही थोपा लेवेन्डर तेल मिसाएर प्रयोग गर्न सकिन्छ ।

बाथिङ टब : नुहाउने पानी वा बाथ टबमा केही थोपा लेवेन्डर तेल मिसाएर स्नानको आनन्द लिन सकिन्छ ।

टिप्स : अन्य सुगन्धित तेलजस्तै यसलाई पनि बदाम, ओलिभ, सनफ्लावर आदि तेल वा बडी लोसनमा मिसाएर मात्र प्रयोग गर्नुपर्छ ।

 Image