जाडोमा ओठको सुरक्षा
गुलाफका ताजा पातहरूलाई पिँधेर त्यसमा ग्लिसरिन मिसाउनुस् र लिपस्टिकको साटो ओठमा यो लगाउन थाल्नुस् । यसो गर्दा ओठ फाटेको सही हुन्छ र त्यो सुन्दर पनि हुन्छ ।
- जाडोमा घर न्यानो बनाउन आन्तरिक सजावटमा ध्यान दिनुपर्छ ।
- जाडोमा घर पेन्ट गराउँदा वार्म सेड्स वा वुड कलर्स छनौट गर्नुपर्छ । यसले न्यानो महसुस गराउनुका साथै घर पनि उज्यालो देखिन्छ ।
- टास्क तथा एक्सेन्ट लाइटिङ प्रयोग गरेर कोठालाई वार्म राख्न सकिन्छ ।
- काठको फ्लोरिङ यो मौसमका लागि उपयोगी हुन्छ । घरको फ्लोर मार्बलको छ भने त्यसमाथि कार्पेट तथा गलैंचा राख्दा पनि न्यानो हुन्छ ।
- झ्याल–ढोका काठको हुने भएकाले चिसो हावा सजिलै कोठाभित्र छिर्छ । त्यसका लागि झ्याल–ढोका वा भित्तामा इन्सुलेसन गर्नुपर्छ ।
- न्यानोका लागि सोफा, बेड तथा डाइनिङ टेबलको तल कार्पेट रग्स ओछ्याउन सकिन्छ ।
- जाडोमा बाक्लो तथा डार्क सेडका पर्दा लगाउनु उपयुक्त हुन्छ ।