Successfully Copied

कलाकार जोडी

बिहान एक्ट्रेस स्टुडियोमा प्रशिक्षणदेखि रातिसम्म काममै व्यस्त हुने हुँदा उनीहरूले एक–अर्काको दु:ख तथा सार्‍हो–गार्‍हो बुझेका छन् । त्यसैले उनीहरू प्राय: काम मिलेरै गर्छन् । एक–अर्काका गल्ती, सुधार्नुपर्ने पक्ष, बडी पोस्चरदेखि डाइलग करेक्सन आदिसम्ममा सहयोग गर्छन् ।

 

जीवनलाई रंगमञ्च भन्न रुचाउने नाट्यकर्मी, कलाकार एवं निर्देशक हुन्–अनुप बराल । इन्डियन नेसनल स्कुल अफ ड्रामामा अभिनय तथा निर्देशन सिकेर आएका अनुपले उतैकी रंगकर्मीसँग विवाह गरेका थिए तर त्यो वैवाहिक जीवन सफल हुन सकेन । सम्बन्ध विच्छेदपछि अनुपले आफ्नै चेली दियासमक्ष विवाहको प्रस्ताव राखे र घरपरिवारको सल्लाहमा परम्परागत शैलीमा विवाह पनि गरे । अहिले यो जोडी नाट्य एवं चलचित्र क्षेत्रमा व्यस्त छ । एक्ट्रेस स्टुडियोमार्फत सयौं कलाकार जन्माइसकेको यो दम्पतीलाई ‘एकले अर्काको काम बुझ्ने र सहयोग गरेकै कारण सफलता हासिल हुँदै गएको’ अनुभव हुन्छ ।

दलन सिरियलका लागि काली नामकी पात्रको खोजीका क्रममा दियालाई फेला पारेको हो, टिमले तर दिया र अनुपको भेट, देखादेख भने पहिले नै भैसकेको थियो । अनुपले अभिनय गरेको चलचित्र लक्ष्यको प्रिमियरमा पुगेकी दियाले आफ्नो हातमा अनुपको फोन नम्बर लेखाएकी थिइन् । अनुपले त्यसभन्दा पहिले नै दियालाई देखिसकेका थिए । यो जोडी दलनपछि घनिष्ट हुन थाल्यो । त्यसपछि अनुपले एक्ट्रेस स्टुडियो खोले, जसमा दियासँग पनि सरसल्लाह लिए । त्यहीँबाट कागबेनी बनाए र सँगै अभिनय गरे । थुप्रै प्रोजेक्टमा उनीहरू सँगै काम गर्न थाले । उनीहरू क्रमश: एक–अर्काका व्यक्तिगत समस्याहरूमा पनि सहभागी हुँदै गए ।

काममा रमाउने यो जोडी विवाहपछि करियर अझ राम्रो हुँदै गएको बताउँछन् । एकले अर्काको सफलताको कामना गर्ने भएर पनि होला, उनीहरूमा पटक्कै इगो, डाहा र ईष्र्या छैन । दुवैमा आफ्नो जोडी आफूभन्दा राम्रो हुनुपर्छ भन्ने सकारात्मक सोच छ । साथमा उनीहरू दुवैले आफूसँग भएका नकारात्मक पक्षहरूलाई हटाउने प्रयास गर्दैछन् । रिसाइहाल्ने, तुरुन्तै रियाक्ट गर्ने दियासँग विवाहपछि आफ्नो स्वभाव शान्त, धीर एवं परिपक्व हुँदै गएको र जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको अनुभव छ ।

बिहान एक्ट्रेस स्टुडियोमा प्रशिक्षणदेखि रातिसम्म काममै व्यस्त हुने हुँदा उनीहरूले एक–अर्काको दु:ख तथा सार्‍हो–गार्‍हो बुझेका छन् । त्यसैले उनीहरू प्राय: काम मिलेरै गर्छन् । एक–अर्काका गल्ती, सुधार्नुपर्ने पक्ष, बडी पोस्चरदेखि डाइलग करेक्सन आदिसम्ममा सहयोग गर्छन् । अहिले उनीहरू पोखरामा थिएटर खेल्ने तयारीमा छन् । उनीहरूबीच गफ गर्ने विषय पनि अभिनय नै हुन्छ । उनीहरूका रुचि पनि प्राय: एउटै छन् । पुस्तक पढ्ने, मुभी हेर्न जाने उनीहरूका मिल्ने बानी हुन् । हलमा पुग्दा पनि उनीहरूको हातमा कुनै न कुनै पुस्तक हुन्छ । एकजना लाइनमा बस्दा अर्काले पुस्तक पढेर सुनाउँछन् । उनीहरूको एउटै राय छ, समयलाई त्यत्तिकै खेर फाल्नु हुँदैन । एक–अर्काको साथ पाएर आफ्नो करियरमा भरपुर सपोर्ट मिलेको उनीहरूको तर्क छ । अनुपका अनुसार जीवनमा अनेकौं मोड आउँछन् तर तिनलाई सम्हालेर अघि बढ्न आफूलाई र आफ्नो कामलाई बुझ्ने जीवनसाथी भए हरेक मोड पार गरेर सफल हुन सकिन्छ ।

एउटै क्षेत्रमा हुँदाको बेफाइदा : दुवै जना सँगसँगै बाहिर हुने हुँदा घर लथालिङ्ग हुन्छ ।  

 

दियाका बारेमा अनुप

उनले गर्नसक्ने जति अभिनय क्षमता देखाउने मौका पाएकी छैनन् । दिया एकदमै राम्रो कमेडी गर्न सक्छिन् भने उनले कन्टेम्प्ररी डान्स पनि देखाउन पाएकी छैनन् । म आफैं सोच्दैछु, यी कुरालाई अगाडि ल्याउन । उनी अलि स्ट्रेट फरवार्ड कुरा गर्छिन्, धेरैलाई यस्ता कुरा पच्दैनन् । उनी अलि मुडी पनि छिन् ।

अनुपका बारेमा दिया

काम सुरु गरेपछि नसकिएसम्म त्यसमै एकोहोरो लागिरहने । नरिसाउने, सबैसँग घुलमिल हुन सक्ने ।

 Image