Successfully Copied

स्वेटर लगाउने सात स्टाइलिस उपाय

आमरूपमा स्वेटरबाट स्टाइलिस लुक प्राप्त गर्न सजिलो हुँदैन तर विन्टर क्विन देखिने चाहना छ भने लङ स्वेटरका साथमा कलरफुल लेगिङ लगाउनुपर्छ । यो कम्बिनेसनले स्मार्ट लुक प्रदान गर्छ ।

ज्वेलरीसँग म्याच गर्ने : सिम्पल स्वेटरलाई स्टाइलिस लुक दिन त्यसका साथमा सुहाउँदो ट्रेन्डी ज्वेलरी लगाउनुपर्छ । हाइनेक स्वेटरका साथमा सर्ट नेकपिस लगाउन सकिन्छ । यसले गर्जियस लुक प्रदान गर्छ ।

ज्याकेटका साथमा : स्वेटरका साथमा ज्याकेटको कम्बिनेसन गर्दा स्टाइलिस लुक प्राप्त हुन्छ । यसले चिसोबाट जोगाउनुका साथै सुन्दर पनि देखिन्छ ।

फिटेड स्वेटर : लुज खालको वा ओभर साइज स्वेटर लगाउँदा लुक बिग्रनसक्छ । स्मार्ट लुकका लागि सदैव फिटिङ तथा स्मार्ट स्वेटर लगाउनुपर्छ ।

कलर फुल लेगिङका साथमा : आमरूपमा स्वेटरबाट स्टाइलिस लुक प्राप्त गर्न सजिलो हुँदैन तर विन्टर क्विन देखिने चाहना छ भने लङ स्वेटरका साथमा कलरफुल लेगिङ लगाउनुपर्छ । यो कम्बिनेसनले स्मार्ट लुक प्रदान गर्छ ।

लेदरसित म्याच गर्ने : प्लेनको साटो लेदर प्याच भएको स्वेटर खरिद गर्नुपर्छ अर्थात् यस्तो स्वेटर जसको स्लिप्समा लेदर प्याच हुन्छ । यो स्वेटर फेसनेबल देखिन्छ ।

स्कार्फका साथमा म्याच : स्वेटर लगाउँदा कन्फिडेन्ट महसुस हुँदैन भने यसलाई स्कार्फसित टिमअप गर्न सकिन्छ । स्कार्फ छनोट गर्दा त्यसको रंग स्वेटरको रंगभन्दा फरक होस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । प्लेन स्वेटरका साथ कलरफुल स्कार्फ सुन्दर देखिन्छ ।

टक इन गरौं : स्वेटरलाई सर्ट वा टिसर्टका साथ लगाउँदा स्टाइलिस देखिन्छ । यो कम्बिनेसन ट्रेन्डी समेत हुन्छ ।

 Image