चेतना जगाउन ‘नो सेभ नोभेम्बर’
काठमाडौंमा ‘नो सेभ नोभेम्बर’ फेसन रनवे सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उद्देश्य क्यान्सरसम्बन्धी जनचेतना जगाउनु र क्यान्सर पीडितहरूसँग कुराकानी गर्नु थियो ।
फेशन डिजाइनर सेन्टरको आयोजनामा नेपालमै पहिलो पटक दरबारमार्गस्थित होटल याक एण्ड यतीमा शनिवार गरिएको फेशन शो मा ९ वटा बुटिकले भाग लिएका थिए