Successfully Copied

सफल दाम्पत्य जीवनका लागि

एक–अर्काबाट अत्यधिक अपेक्षा राख्नु ठीक होइन । कारण विवाहपूर्व बढी अपेक्षा राख्दा विवाहपछि त्यो पूरा नभए सम्बन्ध सुखद् रहन सक्दैन । अत: एक–अर्काबाट धैरै होइन उचित मात्र अपेक्षा राख्नुपर्छ ।

-    संसारमा कोही परफेक्ट हुँदैन भन्ने कुरा युवा–युवती दुवैले राम्रोसँग बुझ्नुपर्छ । यद्यपि आफ्ना कमी–कमजोरीहरू सुधारेर कसैको पनि मन जित्न सकिन्छ ।

-    जिम्मेवारीबाट भाग्नु हुँदैन, आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रयास गर्नुपर्छ ।

-    विवाहपूर्व आफ्नो अतीत बताउन जरुरी लाग्छ भने बताउन सकिन्छ । कारण एक–अर्काका बारेमा जानकारी पाउनु दुवैको अधिकार हो । जुन कुरा बताउनु आवश्यक हुँदैन र सम्बन्धमा त्यसले खासै प्रभाव पार्दैन भने खुल्ला किताब हुनु पनि ठीक होइन । यद्यपि यस्ता कुरा बताउँदा सम्बन्धित व्यक्ति समझदार र बुझ्ने खालको छ–छैन यकिन हुनु उपयुक्त हुन्छ ।

-    सफल दाम्पत्य जीवनका लागि एक–अर्काका कमीहरूलाई नजर अन्दाज गर्दै एक–अर्काको सुख–दु:खमा सहभागी हुनु आवश्यक हुन्छ ।

-    एक–अर्काबाट अत्यधिक अपेक्षा राख्नु ठीक होइन । कारण विवाहपूर्व बढी अपेक्षा राख्दा विवाहपछि त्यो पूरा नभए सम्बन्ध सुखद् रहन सक्दैन । अत: एक–अर्काबाट धैरै होइन उचित मात्र अपेक्षा राख्नुपर्छ ।

- एक–अर्काको व्यक्तिगत स्वतन्त्रता एवं भावनाको पनि उत्तिकै कदर गर्नुपर्छ भने आपसी सल्लाहमा निर्णय लिनुपर्छ । एक–अर्काको गुणको प्रशंसा गरी आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । एक–अर्काबाट बढी अपेक्षा राख्ने, हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने, बढी पोजेसिभ हुने, अनुत्तरदायी व्यवहार गर्नेजस्ता क्रियाकलापलाई सम्बन्धका बीच आउन दिनु हुँदैन ।

 Image