Successfully Copied

बेहुलीका लागि ब्युटी टिप्स

विवाहको अवसर जति सुखद् र रोमाञ्चक हुन्छ उत्तिकै तनावपूर्ण पनि । जसको सीधा सम्बन्ध सुन्दरतासँग हुन्छ । यस्तोमा विवाहको विशेष अवसरमा आफ्नो सुन्दरतामा निखार ल्याउन केही घरेलु उपाय अपनाउनु लाभदायक हुन्छ ।

विवाहको अवसर जति सुखद् र रोमाञ्चक हुन्छ उत्तिकै तनावपूर्ण पनि । जसको सीधा सम्बन्ध सुन्दरतासँग हुन्छ । यस्तोमा विवाहको विशेष अवसरमा आफ्नो सुन्दरतामा निखार ल्याउन केही घरेलु उपाय अपनाउनु लाभदायक हुन्छ ।

अनुहार सफा गर्न

मुहार सफा गर्नका लागि एक चिया चम्चा बेसनमा थोरै मात्रामा दही, बेसार, मह, दूध वा कागतीको रस मिसाउनुपर्छ र मुहारलाई सफा गर्नुपर्छ । यसबाट मुहारमा टाँसिएको धूलो माटो सफा हुन्छ ।

चम्किलो छालाका लागि

बेसन, बेसार र चन्दनको पाउडरमा थोरै मात्रामा रोज वाटर मिसाएर मुहारमा प्रयोग गरी सुकेपछि धुने । यसो गर्दा छाला चम्किलो हुन्छ ।

सुन्दर आँखाका लागि

आँखालाई फ्रेस लुक प्रदान गर्न दुई–तीन पटक आँखामा दुई तीन ट्रप रोज वाटर हाल्नुपर्छ । यसबाट आँखा स्वस्थ हुन्छ र आँखामा नमी पनि महसुस हुन्छ ।

स्वस्थ नङका लागि

स्वस्थ नङका लागि ओलिभ ओयल प्रयोग गर्नुपर्छ । यसबाट राम्रोसँग हातका औंला र नङको मसाज गर्दा नङको चमक एवं सुन्दरता बढ्छ ।

चम्किलो केशका लागि

मेहन्दी पाउडरमा अमला, सिकाकाई, रिठा, अण्डा चियापत्तीको पानी मिसाएर केशमा लगाउनुपर्छ र अर्को दिन बिहान धुनुपर्छ । केश साइनी देखिन्छ ।

 

थाप जानकारी

-    स्किन टाइप सुहाउँदो कस्मेटिक प्रयोग गर्नुपर्छ र मेकअप उतार्न मेकअप रिमुभर प्रयोग गर्नुपर्छ ।

-    प्रशस्त पानी पिउनुपर्छ र हेल्दी डाइट खानुपर्छ । आफ्नो डाइट प्लानमा स्वस्थ खाना र फ्रुट जुस समावेश गर्नुपर्छ ।

-    पूरा निद्रा लिनुपर्छ । नत्र आँखामुनि डार्क सर्कल देखापर्छ ।

-    नियमित एक्सरसाइज गर्नुपर्छ । यसबाट ब्लड सर्कुलेसनमा सुधार आउँछ र स्किन पनि चम्किन्छ ।

-    अचानक डाइटिङ गर्नु हुँदैन । यसबाट छालामा नकारात्मक प्रभाव पर्ने सम्भावना हुन्छ ।

 Image