आदर्श प्रेमको नमुना जोडी
प्रेम र विवाहका भिन्नताबारे दुवैले एकसाथ भने, ‘प्रेम सम्मानित र आदर्श छ, प्रेम हुँदैमा विवाह हुनैपर्छ भन्ने छैन । प्रेम आदर्श हो भने विवाह संस्कारगत संस्था ।

नेपालको चर्चित रकपप व्याण्ड ‘अभया एन्ड द स्टिम एन्जन्स’ले राजधानीमा एक सांगीतिक प्रस्तुती दिएको छ । अमेरिकाका विभिन्न ७ सात शहरको सांगीतिक भ्रमण सकेर नेपाल फर्किएको व्याण्ले विद्यालयका बालबालिकालाई आफ्नो प्रस्तुती देखाएको हो ।
ओलम्पिया वल्र्ड स्कुलको सातौं वार्षिकोत्सवको अवसर पारेर त्यहाँका बालबालिका, शिक्षकशिक्षिका तथा अभिभावकलाई सांगीतिक प्रस्तुती दिएको व्याण्दले जनाएको छ ।
‘नारीको सम्मान’ नारा दिइएर गरिएको कार्यक्रममा अभयाले ‘हामी सबै नेपाली’, ‘नैनीताल मास अप’, ‘ल’किङ फर लभ’, ‘रमाउन देऊ’, ‘तिम्रो लागि’, यो मेरो घर’, ‘बादल’ गीत प्रस्तुत गरेकी थिइन् । अभयाले नारीप्रति समर्पण गर्दै मेला आयोजना गरेकोमा ख’शी व्यक्त गरिन् ।