Successfully Copied

सेलीब्रेटी लुक्स मेकअप

मोडल पूजा श्रेष्ठको अनुहार लाम्चो भएकाले सबैभन्दा पहिले उनको आइब्रोलाई राउन्ड सेपमा मिलाइएको छ । सेलीब्रेटी लुक्सका लागि केही ग्ल्यामरस लुक्स दिनुपर्ने भएकाले आइमेकअपमा कट स्मोकी आइज एवं क्रिज गर्नुपर्छ । कट क्रिज कन्सिलिङ एरियामा लाइट कलरको आइस्याडो तथा स्मोकीमा ब्राउन कलर प्रयोग

मोडल पूजा श्रेष्ठको अनुहार लाम्चो भएकाले सबैभन्दा पहिले उनको आइब्रोलाई राउन्ड सेपमा मिलाइएको छ । सेलीब्रेटी लुक्सका लागि केही ग्ल्यामरस लुक्स दिनुपर्ने भएकाले आइमेकअपमा कट स्मोकी आइज एवं क्रिज गर्नुपर्छ । कट क्रिज कन्सिलिङ एरियामा लाइट कलरको आइस्याडो तथा स्मोकीमा ब्राउन कलर प्रयोग गरिएको छ ।

त्यसपछि आइ लाइनर र आइल्यासेस लगाई आँखाको मेकओभर गरिएको छ । वाटर लाइनमा सेतो लाइनरले कोस तानिएको छ । यसो गर्दा आँखा ठूलो देखिन्छ । अनुहारमा थोरै फेस करेक्सन गरिनुका साथै बेस नेचुरल राख्न दुईवटा सेड प्रयोग गरिएको छ । फेसमा ह्वाइट तथा ज लाइन एवं फोरहेड

एरियामा एक सेड डार्क कलर प्रयोग गरिएको छ ।  यसबाट फाउन्डेसन लगाएजस्तो देखिँदैन । त्यसपछि एचडी पाउडर लगाइएको छ । एचडी पाउडरले बेसलाई फाट्न दिँदैन । पूजाको छाला फेयर भएकाले रानी कलरको लिपिस्टिक प्रयोग गरिएको छ ।

यसले उनलाई सोबर लुक दिएको छ । ब्लसर पिंक एवं पिच गरेर गोल्ड हाइलाइटर प्रयोग गरिएको छ । यसरी गरिएको मेकअपमा फिक्सिङ स्प्रेले मेकअप बग्न दिंदैन र कृत्रिम देखिनबाट पनि जोगाउँछ ।

 Image