Successfully Copied

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन : महिला ७ प्रतिशत

४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रका लागि बिहीबार मनोनयन दर्ताको भएको हो । प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ तथा प्रदेशसभातर्फ २ हजार ९ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । त्यसमा प्रतिनिधिसभातर्फ

चेतना र शिक्षको स्तर निक्कै बृद्धि भएको भएता पनि नेपाली महिलाहरु अझै पनि नृतृत्वदायी भूमिकामा अझैं पनि निक्कै कम छन् । यसैको ज्वलन्त उदाहरण हो स्थानियतह निर्वाचन हुँदै पछिल्लो समय हुन लागेका प्रदेश र प्रतिनिधिसभा निर्वाचन । दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ जम्मा ७ प्रतिशत महिलाको मात्रै उम्मेदवारी परेको छ ।

मंसिर १० गते हुने पहिलो चरणमा निर्वाचन हुने उच्च हिमाली तथा पहाडका ३२ जिल्लाका प्रतिनिधिसभातर्फको ३७ निर्वाचन क्षेत्रका लागि ३ सय २२ र प्रदेशसभाको ७४ क्षेत्रका लागि ४ सय ८१ उम्मेदवारी परेको थियो ।

जसमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ २३ गरी जम्मा ४१ जना महिलाको उम्मेदवारी परेको थियो । उम्मेदवारी परेका मध्य ५ महिलाले उम्मेदवारी फिर्ता लिएपछि महिला उम्मेदवारको संख्या घटेर ३६ पुगेको थियो ।

दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रका लागि बिहीबार मनोनयन दर्ताको भएको हो । प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ तथा प्रदेशसभातर्फ २ हजार ९ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । त्यसमा प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ जना अर्थात ७.११ प्रतिशत महिलाले मनोनयन दर्ता गराएका छन् । दोस्रो चरणको निर्वाचन मंसिर २१ गते सम्पन्न हुने छ ।

 Image