Successfully Copied

लज्जित बनाउने पुरुषका छ बानी

हिजोआज मानिसहरू काममा भन्दा मोबाइलमा बढी व्यस्त हुन्छन् । उनीहरू मिटिङमा पनि म्यासेज गर्न छोड्दैनन् । त्यस्तो बानी बदल्नु आवश्यक छ । कसैसित भेट गर्न जाँदा, ऊसितको कुराकानीका बेला पनि अरूलाई म्यासेज गरिन्छ भने उसको कुराकानीमा कम मोबाइलमा बढी ध्यान केन्द्रित हुन्छ, यसले

मोबाइल प्रेम

हिजोआज मानिसहरू काममा भन्दा मोबाइलमा बढी व्यस्त हुन्छन् । उनीहरू मिटिङमा पनि म्यासेज गर्न छोड्दैनन् । त्यस्तो बानी बदल्नु आवश्यक छ । कसैसित भेट गर्न जाँदा, ऊसितको कुराकानीका बेला पनि अरूलाई म्यासेज गरिन्छ भने उसको कुराकानीमा कम मोबाइलमा बढी ध्यान केन्द्रित हुन्छ, यसले गर्दा आफ्नै इम्प्रेसन डाउन हुन्छ ।

के गर्ने ?

आफ्नो मोबाइललाई साइलेन्ट मोडमा राख्नु उपयुक्त हुन्छ । मिटिङपछि म्यासेज वा कल गर्नुपर्छ ।

ड्राइभिङ टक

कतिपय मानिस ड्राइभिङ सीटमा बस्नेबित्तिकै आफ्नो कुरा सुरु गर्छन् । आफ्नो साथमा जोकोही भए पनि ड्राइभिङ गर्दै कुरा पनि गरिरहन्छन् । कुरा गर्दै ड्राइभ गर्दा गाडी अगाडि अचानक केही आउँदा ब्रेक लगाइन्छ जुन खतरनाक हुन्छ । यसरी अकस्मात् ब्रेक लगाउँदा सँगै बस्ने मानिसलाई राम्रो लाग्दैन ।

के गर्ने ?

गाडी हाँक्दा भरसक कुराकानी गर्नु हुँदैन ।

फुल प्लेस कभर

परिवारका साथमा होटल, पार्क वा पब्लिक प्लेसमा जाँदा फैलिएर बस्ने र साथमा आफ्नो सामानलाई पनि सीटमा राख्ने बानी धेरै पुरुषको हुन्छ । मानौं त्यो ठाउँ उसकै घरको अंश हो । अरूले स्थान मागे उनीहरू आँखासमेत देखाउँछन् । यस्तो व्यवहारसम्म प्रदर्शन गर्छन् कि त्यो स्थान उनीहरूले सधैंका लागि खरिद गरेका हुन् । यसले व्यक्तित्वमा नकारात्मक प्रभाव पार्छ । अत: यो बानी सुधार्नुपर्छ । होटल–रेस्टुराँमा आफ्नो कुर्सीमा कोही बसे उसलाई गाली गर्नुको साटो प्रेमपूर्वक त्यो ठाउँबाट उठ्न आग्रह गर्न सकिन्छ ।

के गर्ने ?

आफूलाई आवश्यक ठाउँ मात्र ओगटेर अरूलाई पनि बस्ने ठाउँ दिनुपर्छ ।

पब्लिक प्लेसमा ठूलो स्वरले बोल्नु

घरमा ठूलो स्वरले बोल्दा होस् वा पार्क, बस, ट्याक्सी, अफिस रेस्टुराँ, सिनेमा हल आदि सार्वजनिक स्थलमा ठूलो स्वरले कुराकानी गर्दा होस् वा फोनमा ठूलो स्वरमा बोल्दा आफ्नै छवि खराब हुन्छ ।

के गर्ने ?

कतिपय सार्वजनिक स्थलमा मध्यम आवाजमा बोल्नु ठीक हुन्छ । भूलवश चर्को आवाजमा बोलिए क्षमा माग्नु उचित हुन्छ ।

खाँदा आवाज निकाल्ने

सानो हुँदा नै खाना खाँदा मुख बन्द गरेर बिस्तारै चबाएर खान सिकाइन्छ तर कतिपय पुरुषमा खाना खाँदा मुख खोलेर आवाज निकाल्दै खाने बानी हुन्छ । यो कुरा अरूलाई मन नपर्न सक्छ । अत: खाना खाँदा मुख बन्द राख्नु वा खाना खाँदा कुराकानी नगर्नु उपयुक्त हुन्छ ।

के गर्ने ?

पहिले आफ्नो बानी सुधार्नुपर्छ जसका लागि एक्लै खाने प्रयास गर्नुपर्छ ।

कसैसित विवाद गर्ने

श्रीमती वा गर्लफ्रेन्डको सपिङमा फजुल खर्च भयो भनेर गुनासो गर्ने पुरुष आफ्ना साथीहरूको पार्टीमा मज्जाले खर्च गर्छन् भन्दा स्त्रीलाई बुझ्न गाह्रो छ भनिन्छ । यद्यपि पुरुषलाई बुझ्न पनि सहज छैन । प्राय: एक–दुई रुपैयाँको हिसाब–किताब नराख्ने पुरुषहरू कहिलेकाहीँ त्यही एक–दुई रुपैयाँका लागि रिक्सावाला, ट्याक्सीवाला, ठेलावाला, पसले वा फुटपाथ पसलेहरूसँग विवाद गरिरहेका हुन्छन् । यसबाट पनि आफ्नो व्यक्तित्वमा नकारात्मक असर पर्छ ।

के गर्ने ?

सानो रकममा विवाद गर्नुभन्दा फजुल खर्च नियन्त्रण गरी बचत गर्ने बानी बसाल्नुपर्छ ।

 Image