Successfully Copied

पिम्पलबाट छुटकारा

कहिलेकाहीँ अधिक मात्रामा सिबम निस्कन्छ । यसले छालाको डेडसेल्स रोमछिद्रमा जम्मा भएर तिनलाई बन्द गर्छ । रोमछिद्र बन्द भएपछि तेल सामान्य रूपबाट बाहिर आउन पाउँदैन र यहीँबाट प्रारम्भ हुन्छ, पिम्पल बन्ने समस्या ।

हाम्रो शरीरमा असंख्य रोमछिद्र हुन्छन् जसका मुनि तेल ग्रन्थि अर्थात् ‘सिबेसस’ हुन्छन् । यी ग्रन्थिले ‘सिबम’ नामक तेल उत्पादन गर्छन् । त्यसबाट केशको चमक र छालालाई नरमपन प्राप्त हुन्छ । सिबम रोमछिद्रको माध्यमद्वारा छालाबाट बाहिर आउँछ । कहिलेकाहीँ अधिक मात्रामा सिबम निस्कन्छ । यसले छालाको डेडसेल्स रोमछिद्रमा जम्मा भएर तिनलाई बन्द गर्छ । रोमछिद्र बन्द भएपछि तेल सामान्य रूपबाट बाहिर आउन पाउँदैन र यहीँबाट प्रारम्भ हुन्छ, पिम्पल बन्ने समस्या ।

सिबम र छालाको डेडसेल्सबाट बनेको यो ब्लक्ड मिश्रणमा ब्याक्टेरिया उत्पन्न हुन्छ । ब्याक्टेरियाको प्रभावले छालामा लाली र सुजन सिर्जना हुन्छ । यही ब्लक्ड मिश्रण चाहे त्यो पीडादायक होस् वा नहोस्, लाई पिम्पल भनिन्छ । पिम्पल फुट्यो भने त्यसको प्रभाव वरपरको छालामा पर्छ र अरू पिम्पल उत्पन्न हुन्छ ।

सावधानी

कोमल खालको साबुन वा फेसवास प्रयोग गर्नुपर्छ । यसमा निम, कागती र ल्वाङ आदिको गुण हुन्छ । एक्ने म्याजिक एन्टिसेप्टिक फेसवास, एक्ने म्याजिक एन्टिसेप्टिक सोप, एलोबेरा जेल आदिले अनुहारको तहमा गएर कोमलतापूर्वक सफाइ गर्छन् ।

-अनुहारबाट अनावश्यक तेल हटाउन कम्तीमा दैनिक तीन पटक मुहार धुनुपर्छ ।

- समस्या कायम रह्यो भने ‘एक्ने म्याजिक किट’ घरमै राख्नुपर्छ । यसमा एलोबेरा, निम र बेसारको गुण हुन्छ जसले एन्टिसेप्टिकको काम गर्नुका साथै छालाबाट विषाक्त तत्वलाई बाहिर निकाल्छ ।

 

कसरी ख्याल गर्ने

- पिम्पल्सलाई सीधा हातले छुनुहुँदैन । छोए तुरुन्तै हात धुनुपर्छ अन्यथा जुन–जुन स्थानमा हातले छोइन्छ त्यहाँ एक्ने हुनसक्छ ।

-  एक्नेलाई दबाउने वा कोतर्ने काम गर्नुहुँदैन ।

- आफ्नो रुमाल वा तौलिया अलग्गै हुनुपर्छ ।

- राति सुत्नुअघि मेकअप उतारेर मुहार धुनुपर्छ ।

- कतिपय अवस्थामा गर्भनिरोधक औषधि प्रयोग गर्दा पनि एक्ने निस्कन्छ । त्यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ ।

- हार्माेन परिवर्तन पनि एक्ने निस्कने समस्याको कारण हुनसक्छ । समयमै महिनावारी नहुनु पनि यसको कारण बन्न सक्छ । यस विषयमा पनि चिकित्सकको परामर्श उपयोगी हुन्छ ।

- बारम्बार कस्मेटिक प्रोडक्ट परिवर्तन गर्नुहुँदैन । अति नाजुक छालामा कस्मेटिकको दुस्प्रभाव पर्छ । त्यसैले कुनै पनि प्रोडक्टको प्रभाव हेर्न कम्तीमा एक महिना समय दिनुपर्छ ।

उपाय

- एन्टी ब्याक्टेरिया इफेक्ट दिनुपर्छ । त्यसका लागि एक्ने पिम्पल्स क्रिमको प्रयोग गर्नुपर्छ । यो क्रिमलाई मात्र १५–२० मिनेटसम्म लगाउनुपर्छ तर मल्नु हुँदैन । यसमा भएको एन्टिसेप्टिक तत्वले एक्नेलाई घटाउन मद्दत गर्छ ।

- एन्टिसेप्टिक तत्वका लागि एक्ने म्याजिक पाउडर पनि प्रयोग गर्न सकिन्छ । यो हर्बल पाउडर हो । यसमा निम, बेसार र ल्वाङको मिश्रण हुन्छ ।

 Image