Successfully Copied

फूलको मौसम

असोज–कात्तिकलाई फूलको मौसम भनिन्छ । यो समयमा सयपत्री, मखमली, पारिजात, गुलाब, गोदावरी आदि अनेकौं फूल फुल्छन् । खुसी मनाउँदा, मायामा हुँदा, शोक पर्दा तथा अन्य विविध अवसरमा फूल अत्यावश्यक हुन्छ । फूललाई स्वच्छता र प्रेमको प्रतीक पनि मानिन्छ । ढकमक्क फूल फुलेको देखेर

असोज–कात्तिकलाई फूलको मौसम भनिन्छ । यो समयमा सयपत्री, मखमली, पारिजात, गुलाब, गोदावरी आदि अनेकौं फूल फुल्छन् । खुसी मनाउँदा, मायामा हुँदा, शोक पर्दा तथा अन्य विविध अवसरमा फूल अत्यावश्यक हुन्छ । फूललाई स्वच्छता र प्रेमको प्रतीक पनि मानिन्छ । ढकमक्क फूल फुलेको देखेर जोकसैको मन रमाउँछ ।

 

गोदावरी

गोदावरी प्रसिद्ध फूल हो । यो विशेषगरी असोज–कात्तिक महिनामा फुल्छ । गोदावरी जापानको राष्ट्रिय फूल हो । यो फूल सजावट तथा पुष्प विन्यासका लागि संसारभर प्रख्यात छ जसलाई गमला तथा जमिनमा रोप्न सकिन्छ । जमिनमा रोप्दा यो फूल अझ राम्रोसँग फुल्छ । यसलाई प्रशस्त पानी चाहिन्छ । फूल रोपेपछि थोरै मात्रामा बोनमिल हाल्नुपर्छ । तिहारका बेला गोदावरी फुलाउन साउन १५ गतेदेखि २५ गतेसम्म यसलाई रोपिसक्नुपर्छ ।

गोदावरीको बोटलाई दर्‍हो झिक्राको सपोर्ट दिनु उपयुक्त हुन्छ । धेरै फूल फुलाउन कोपिला टिप्नुहुँदैन भने पनि ठूलो फूल फुलाउन कोपिला टिप्नुपर्छ । यसको फूललाई राति कीराले असर गर्न सक्छ । यसको बोट ३ फिटसम्म अग्लो हुन्छ । यो फूलका लागि गोबर मल उपयुक्त हुन्छ । यसलाई समय–समयमा गोडमेल गर्नुपर्छ । नेपालमा गोदावरी फूलका ५ सय, जापानमा १९ हजार तथा चीनमा ६ हजार प्रजाति पाइन्छन् । १७ औं शताब्दीतिर युरोपमा यो फूलको व्यावसायिक खेती सुरु भएको थियो । दिनको उज्यालोसँगै फुल्ने गोदावरी फूललाई चीनमा खुसी र आनन्दको प्रतीक मानिन्छ । यो सामान्यत: सेतो, रातो, कलेजी, गुलाबी तथा पहेंलो रंगको हुन्छ ।

मखमली

यो सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । यसलाई सुपारी फूल पनि भनिन्छ । मखमली फूलको झाङ हुने भएकाले यसलाई गमलामा भन्दा पनि जमिनमा रोप्नु उपयुक्त हुन्छ । कहिल्यै नओइलाउने भएकाले मखमली फूललाई दीघार्यु तथा स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ । तिहारमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी यो फूल लगाइदिन्छन् । गोदावरी फूल सेतो, गाढा कलेजी तथा हल्का रातो रंगमा फुल्छ ।

सयपत्री

सयपत्री प्रसिद्ध फूल हो । यो फूल धेरै रंगको हुन्छ । सुन्तला, पहेंलो, सेतो तथा सुनौलो रंगको यो फूलको माग नेपालमा बढी छ । सयपत्री फूल रोपेको ५० देखि ६० दिनमा फुलिसक्छ । यो फूल जमिन तथा गमलामा रोप्न सकिन्छ । गमलामा भन्दा पनि जमिनमा रोप्दा फूल राम्रोसँग फक्रन्छ । गमलामा फूल रोप्दा प्रशस्त पानीको आवश्यकता पर्छ, जमिनमा कम पानी भए पनि पुग्छ । यो फूल रात जति लामो भयो त्यति नै छिटो फुल्छ । नेपालमा पनि यसको बीउ तयार पारिन्छ । यसको बीउ विदेशबाट समेत आयात गरिन्छ ।

पारिजात

यो फूल सानो रुखमा फुल्छ । वर्षको एकपटक फुल्ने यो फूलको बोट एकपटक रोपेपछि वर्षौंसम्म टिक्छ । यसलाई फ्लावर ट्री पनि भनिन्छ । पारिजातको सुगन्ध र रातको महकका कारण यसलाई रातकी रानी पनि भनिन्छ । पारिजातलाई बोटमै टिप्नु हुँदैन भन्ने मान्यता रहिआएको छ । त्यसैले यो फूल झरेपछि मात्र टिपिन्छ ।

गुलाब

यो फूल गमला तथा जमिनमा रोप्न सकिन्छ । गुलाब रोप्ने उपयुक्त समय पुस–माघ हो । भारतबाट आयात गरिने यो फूल रोपेपछि बोनमिल हाल्नुपर्छ । गुलाबलाई प्रेमको प्रतीकका रूपमा लिइन्छ । गुलाब सयौं थरिका हुन्छन् । गुलाब आउटडोर प्लान्ट हो । यसलाई इन्डोर राख्नुपरे घाम आउने ठाउँमा राख्नुपर्छ ।

फूल रोप्दा

- फूल रोप्न विशेष सीप तथा परिश्रमको आवश्यकता पर्छ ।

- फूल गमला तथा जमिनमा रोप्न सकिन्छ । जमिनमा फूल राम्रोसँग फक्रन्छ ।

- जमिन चिसो हुने भएकाले गमलाको तुलनामा जमिनमा कम पानी खर्च हुन्छ ।

- फूल रोपेर मात्र हुँदैन समय–समयमा पानी हाल्ने, झार केलाउने, मल हाल्ने तथा गोडमेल गर्ने काम गरिरहनुपर्छ ।

- मुख्य डाँठलाई असर नपर्ने गरी बगैंचाको बनोटअनुसार बिरुवालाई काटछाँट गर्नुपर्छ ।

- नियमित रूपमा पानी र मल हाली झार उखेने बिरुवा सप्रन्छ ।

- फूल रोप्दा सुरुमा बोनमिल कम हाल्नुपर्छ । एक महिनापछि त्यसको मात्रा बढाउँदै लानुपर्छ ।

- फूलको बिरुवामा पिना भिजाएर हाल्न सकिन्छ । पिना हालेको भोलिपल्ट बिरुवाको गोडमेल गर्नुपर्छ ।

-हरेक बोट–बिरुवालाई पिन्चिङ गरे फूल राम्रोसँग फुल्छ ।

जाडो मौसमका फूल

भ्यागुते फूल, प्यान्सी, पिटुनिया, विन्टर ज्यासमिन, डबल पिटुनिया, कार्नेसन, क्यालेन्डुला, स्टिव पी (केराउ फूल) आदि ।

गर्मी मौसमका फूल

सयपत्री, गोदावरी, मखमली, लाहुरे, जिनिया, साल्भिया आदि ।

 

 Image