Successfully Copied

महिला खेलाडी सम्मानित

व्याडमिन्टनकी नङसल तामाङ महिला तर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको स्पोर्टस् अर्वाड अन्र्तगत तामाङलाई महिला तर्फ वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मान गरेको हो ।

तामाङले एथलेटिक्सकी कान्छीमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराई पछि पारेकी थिइन् ।

तामाङ नेपाली महिला व्याडमिन्टनकी नम्बर एक खेलाडीका रुपमा चिनिन्छिन् । तामाङ देशभित्रै भएको पुष्पलात स्मृति, कृष्णमोहन स्मृति र खुल्ला राष्ट्रिय व्याडमिन्टनमा च्याम्पियन बनीसकेकी छन् ।

जुडोकी मनिता श्रेष्ठ वर्षको उत्कृष्ट युवा खेलाडी बन्न सफल भएकी छन् । भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीलाई पछि पार्दै श्रेष्ठ युवा खेलाडी बनेकी हुन् । उनले कोचीमा भएको १० औा क्याडेट एसियन जुडो च्याम्पियनसिपमा मुलुकका लागि कास्यपदक जितेकी थिइन् ।

यस्तै पिपुल्स च्वाइस अवार्डमा सशस्त्र प्रहरी बलकी एथलेटिक्स खेलाडी कान्छीमाया कोजुले हात पार्न सफल भएकी छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता छनोट गरिएको हो । मनोनयनमा परेका पााच खेलाडी मध्ये सबैभन्दा कोजुले सबैभन्दा धेरै भोट पाएकी थिइन् । कोजुले कुल ९५ हजार ७ सय २६ भोट मध्ये ६६ हजार १२४ मत पाएकी थिइन् ।

 Image