पेरिस ओलम्पिकबाट बाहिरियो नेपाल
काठमाडांैको दशरथ रंगशालामा भएको पहिलो खेलमा ५–१ को जित हासिल गरेको भियतनामले दोस्रो खेलमा २–० को नतिजा निकाल्दै ओलम्पिक २०२४ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित ग¥यो ।

नेपाल पुलिस क्लबले धनगढीमा सम्पन्न ‘प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप’ प्रतियोगिता जितेको छ । नेपाली महिला फुटबलको ‘पावर हाउस’ सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई पराजित गर्दै पुलिसले प्रतियोगिता जितेको हो । इन्जुरी समयमा पुलिससँग एपीएफ क्लब१–० ले पराजित भएको थियो । प्रतियोगिताको उपाधिसँगै पुलिसले पाँच लाख रुपैंयाँ पुरस्कार प्राप्त गर्दा एपीएफले दुई लाख ५० हजार रुपैंयाँमा चित्त बुझायो । यो सँगै घरेलु महिला फुटबलमा दबदबा कायम राख्दै आएको एपीएफको २२ खेलको अपराजित यात्रामा पुलिसले पूर्णविराम लगाएको थियो ।
एपीएफले पछिल्लो पटक ०७६ मा धनकुटामा सम्पन्न गोल्डकपमा आर्मीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको थियो । त्यसयता भने एपीएफले घरेलु प्रतियोगितामा कुनै पनि क्लबविरुद्ध हारको सामना गर्नुपरेको थिएन । प्रतियोगितामा आयोजक वनदेवी युवा क्लबसहित एपीएफ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, कालिका स्पोटर्स र बाग्मती युवा क्लब सर्लाही गरी आठ टोलीको सहभागिता थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी निर्मला विक (नेपाल पुलिस क्लब), उत्कृष्ट रक्षक पूजा राना (नेपाल पुलिस क्लब), उत्कृष्ट गोल किपर उषा नाथ (नेपाल पुलिस क्लब) र उत्कृष्ट मिडफिल्डर सरु लिम्बू (एपीएफ क्लब) घोषित भएका थिए । त्यसैगरी, उच्च गोलकर्ता सावित्रा भण्डारी (एपीएफ क्लब), उदीयमान खेलाडी कविता विक (वनदेवी युवा क्लब) र उत्कृष्ट प्रशिक्षक सञ्जीव जोशी (नेपाल पुलिस क्लब) को नाममा दर्ज भएको थियो ।
शब्द : केशव थापा