Successfully Copied

पल्सर स्पोर्ट्स अवार्ड सम्पन्न

नेपाल राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र नेपाली राष्ट्रिय फुटबल टोलीका ‘स्टाइकर’ अञ्जन विष्ट ‘बजाज स्पोर्ट्स अवार्ड २०७८’ का लागि उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र नेपाली राष्ट्रिय फुटबल टोलीका ‘स्टाइकर’ अञ्जन विष्ट ‘बजाज स्पोर्ट्स अवार्ड २०७८’ का लागि उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले वर्ष २०७८ का लागि प्रदान गरेको अवार्डमा फुटबल विधाले उत्कृष्ट पुरुष, युवा र प्रशिक्षक गरी तीन अवार्ड जित्दा भलिबल उत्कृष्ट महिला र ‘पिपल्स च्वाइस अवार्ड’ गरी दुई विधामा विजेता बन्यो ।

अरुणाको कप्तानीमा नेपालले बंगलादेशमा सम्पन ‘एसियन सेन्ट्रल जोन’ महिला भलिबल च्याम्पियनसीपको उपाधि रक्षा गरेको थियो । यस क्रममा उनले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षत्री, क्रिकेटकै सीता रानामगर तथा एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनमा रावललाई पछि पारेकी थिइन् ।

यस्तै, भलिबलकै उषा भण्डारीले ‘पिपुल्स च्वाइस’ विधाकी विजेता बनिन् । यो अवार्डको मनोनयनमा क्रिकेटका सासिफ सेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा थिए । पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धन पारा एथलेट अवार्डबाट सम्मानित भइन् । पलेशाले जापानमा सम्पन्न पाराओलम्पिकमा कांस्य पदक प्रतिस्पर्धासम्मको यात्रा तय गरेकी थिइन् । सोही वर्ष नै पलेशाले बहराइनमा सम्पन्न एसियन युथ पारा गेम्समा स्वर्ण पदक जितेकी थिइन् ।

राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वर्षका उत्कृष्ट प्रशिक्षक बन्दा राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर मनीषा डा“गी युवा वर्ष खेलाडी घोषित भइन् । ब्याडमिन्टनका दानबहादुर तामाङ र मायादेवी मोक्तान स्पेसल अवार्डबाट सम्मानित भए । तामाङ दम्पतीले आफ्ना तीन सन्तानलाई ब्याडमिन्टनका राष्ट्रिय च्याम्पियन बनाउन सफल भएका कारण स्पेसल अवार्ड प्राप्त गरे । तामाङ दम्पती राष्ट्रिय च्याम्पियनत्रय सरादेवी, नङ्सल र रत्नजित तामाङका बुवाआमा हुन् । एथलेटिक्सका प्रशिक्षक रघुराज वन्त लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मातिन हु“दा अन्तर्राष्ट्रिय एसियन खेल पत्रकार अवार्ड कतारका मोहम्मद हेजीले प्राप्त गरे ।

शब्द तस्बिर - केशव थापा  

 Image